सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
साउदी अरबद्वारा २६–२७ जनवरीमा आयोजना गर्न लागिएको ‘विश्व श्रम बजार सम्मेलन’का अवसरमा आउँदो जनवरीको तेस्रो साता नेपाल र साउदीबीच पहिलो पटक दुई देशबीच मन्त्रीस्तरमा सम्झौता गर्ने तय भएको श्रम मन्त्रालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलनासर विन हुसेन अल हार्थिवबीच पुस ९ गते भएको द्विपक्षीय भेटमा सम्झौतामा हस्ताक्षर गर्ने मिति तय भएको हो ।
दुई देशबीचको सम्झौतामा हस्ताक्षर गर्न केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले गत भदौमै स्वीकृति दिइसकेको हो । तर सरकार परिवर्तन भएपछि कुन तहमा हस्ताक्षर गर्ने विषय टुंगो लाग्न नसकेपछि यो प्रक्रिया अगाडि बढेको थिएन ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल निर्देशक नुमान ओज्कानले अनौपचारिक काम गर्ने श्रमिक सामाजिक सुरक्षा योजनामा आवद्ध गर्दा गरिबी निवारणमा सहयोग पुग्ने बताउनु भएको छ ।

पुस ९ गते 'अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा सम्बन्धी राष्ट्रिय अभियान' सञ्चालन सम्बन्धी कार्यक्रममा निर्देशक नुमान ओज्कानले साना व्यवसाय, साना उद्योग, अनौपचारिक सबै क्षेत्र सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुंदा श्रमिक र आश्रित परिवारलाइ लाभ हुने बताउनु भएको हो ।

आइएलओको सहयोगमा सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले औपचारिकसँगै अनौपचारिक क्षेत्र र स्वरोजगारहरू पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा भिमफेदि गाउपालीका अध्यक्ष हिदम लामा, फेदिखेला गाउपालिका अध्यक्ष घनश्याम सुवेदी र बुढानिलकण्ठ नगरपालिका उपमेयर अनिता लामाले सामाजिक सुरक्षाका बारेमा बिचार ब्यक्त गर्नु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पर्यटन बस इकाईको पुस ९ गते सम्पन्न भेलाले सुदर्शन खत्रीको अध्यक्षमा ११ सदस्य कमिटी गठन भएको छ ।
संगठन केन्द्रिय उपमहासचिव बिष्णु बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा भएको भेलाको अध्यक्षता सोमत शेरचनले गर्नु भएको थियो ।
त्यसैगरी संगठन अरनिको रूट ट्रक इकाई कमिटीको नवौँ बैठक केन्द्रीय अध्यक्ष भिम ज्वाला राइको उपस्थीतीमा पुस १० गते बालाजुमा सम्पन्न भएको छ ।
त्यसैगरी संगठन लुम्बिनी प्रदेश कमिटीद्वारा पुस १० गते दाङ जिल्लाको भालुबाङमा सदस्यता बिस्तार तथा नवीकरण अभियान संचालन गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो सामुदायिक विद्यालयका रूपमा भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय भएको बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले पुस ९ गते मकवानपुर जिल्लाको हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आफ्ना निजी स्रोतमा आबद्ध गराएका १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषको परीचय पत्र बितरण गर्नु हुदै सामाजिक सुरक्षाले श्रमिकको भविष्य सुरक्षित बनाउने र सामुदायिक विद्यालयले देखाएको यो अभ्यास उदाहरणीय रहेको बताउनु भएको हो ।

विद्यालय संचालक समिती अध्यक्ष तथा हेटैडा उपमहानगर पालिका ४ न वडा अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा बिधालय प्रध्यानाध्यापक सुर्य प्रसाद घिमिरेले स्वागत गर्नु भएको कार्यक्रममा विद्यालय संचालक समिती पुर्व अध्यक्ष तथा १० नं वडा अध्यक्ष फुर्वा दोर्जे लामा, १५ नं वडा अध्यक्ष सुनिल मोक्तान, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष मुकुन्द न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो ।
थप फोटोको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122180543162435116&type=3
बिराटनगर स्थीत बाग्मति प्लाष्टिकमा कार्यरत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) सदस्य लक्ष्मि पौडेलका परीवारलाइ जिफन्ट एक्यवद्धता कोषबाट आर्थिक सहयोग गरेको छ ।
बिगत १ बर्ष देखी पाठेघरको क्यान्सर रोगबाट पिडीत पौडेलको उपचारको क्रममा निधन भएको थियो ।
पुस ९ गते उधोगको प्रागाणमा एक कार्यक्रम बिच जिफन्ट कोशि प्रदेश अध्क्षय किशोर धमला, ह्वीन केन्द्रीय उपाध्क्षय मनोज मगर लगायतका नेताहरूको उपस्थीतीमा स्वर्गिय पौडेलको श्रीमान भुवन पौडेललाइ नगद १५ हजार हस्तान्तरण गरिएको हो।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन बाग्मती प्रदेश कमिटीद्वारा पुस ८ गते ललितपुर जिल्लाको गोदाबरी नगरपालिकामा सौन्दर्यकर्मीहरूको भेला सम्पन्न गरेको छ ।
नाबुन बाग्मती प्रदेश अध्यक्ष करूणा पुरीको अध्यक्षता र केन्द्रीय अध्यक्ष सुजना जोशीको प्रमुख आतिथ्यमा भएको भेलाले गंगा बिष्टको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको छ।