अनौपचारिक श्रमिक सामाजिक सुरक्षा योजनामा आवद्ध गर्दा गरिबी निवारणमा सहयोग

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल निर्देशक नुमान ओज्कानले अनौपचारिक काम गर्ने श्रमिक सामाजिक सुरक्षा योजनामा आवद्ध गर्दा गरिबी निवारणमा सहयोग पुग्ने बताउनु भएको छ ।

पुस ९ गते 'अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा सम्बन्धी राष्ट्रिय अभियान' सञ्चालन सम्बन्धी कार्यक्रममा निर्देशक नुमान ओज्कानले साना व्यवसाय, साना उद्योग, अनौपचारिक सबै क्षेत्र सामाजिक सुरक्षा‌ कार्यक्रममा सहभागी हुंदा श्रमिक र आश्रित परिवारलाइ लाभ हुने बताउनु भएको हो । 

आइएलओको सहयोगमा सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले औपचारिकसँगै अनौपचारिक क्षेत्र र स्वरोजगारहरू पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन आवश्‍यक रहेको बताउनु भएको थियो । 

कार्यक्रममा भिमफेदि गाउपालीका अध्यक्ष हिदम लामा, फेदिखेला गाउपालिका अध्यक्ष घनश्याम सुवेदी र बुढानिलकण्ठ नगरपालिका उपमेयर अनिता लामाले सामाजिक सुरक्षाका बारेमा बिचार ब्यक्त गर्नु भएको थियो ।