भुटनदेवी मावि सामाजिक सुरक्षा कोषमा आवद्ध


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद  श्रेष्ठले आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो सामुदायिक विद्यालयका रूपमा भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय भएको बताउनु भएको छ । 

अध्यक्ष श्रेष्ठले पुस ९ गते मकवानपुर जिल्लाको हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आफ्ना निजी स्रोतमा आबद्ध गराएका १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषको परीचय पत्र बितरण गर्नु हुदै सामाजिक सुरक्षाले श्रमिकको भविष्य सुरक्षित बनाउने र सामुदायिक विद्यालयले देखाएको यो अभ्यास उदाहरणीय रहेको बताउनु भएको हो ।

विद्यालय संचालक समिती अध्यक्ष तथा हेटैडा उपमहानगर पालिका ४ न वडा अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा बिधालय प्रध्यानाध्यापक सुर्य प्रसाद घिमिरेले स्वागत गर्नु भएको कार्यक्रममा विद्यालय संचालक समिती पुर्व अध्यक्ष तथा १० नं वडा अध्यक्ष फुर्वा दोर्जे लामा, १५ नं वडा अध्यक्ष सुनिल मोक्तान, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष  मुकुन्द न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो ।

थप फोटोको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.facebook.com/media/set/?set=a.122180543162435116&type=3