पर्यटन बस इकाईको अध्यक्षमा सुदर्शन खत्री चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पर्यटन बस इकाईको पुस ९ गते सम्पन्न भेलाले सुदर्शन खत्रीको अध्यक्षमा ११ सदस्य कमिटी गठन भएको छ । 

संगठन केन्द्रिय उपमहासचिव बिष्णु बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा भएको  भेलाको अध्यक्षता सोमत शेरचनले गर्नु भएको थियो ।

त्यसैगरी संगठन अरनिको रूट ट्रक इकाई कमिटीको नवौँ बैठक केन्द्रीय अध्यक्ष भिम ज्वाला राइको उपस्थीतीमा पुस १० गते बालाजुमा सम्पन्न भएको छ ।

त्यसैगरी संगठन लुम्बिनी प्रदेश कमिटीद्वारा पुस १० गते दाङ जिल्लाको भालुबाङमा सदस्यता बिस्तार तथा नवीकरण अभियान संचालन गरेको छ ।