सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) द्वारा पुस ६ गते देखी जिफन्ट स्कुल अनामनगरमा प्रशिक्षण तथा योजना कार्यशाला आयोजना गरेको छ ।
प्रशिक्षण तथा योजना कार्यशाला शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालको बर्तमान ट्रेड युनियन आन्दोलनको अवस्था र आगामी कार्यभारको बारेमा प्रकाश पार्नु हुंदै युनियनले आगामी कामको योजना बनाइ रहंदा बदलिएको परीवेशलाइ ध्यान दिंदै युनियनको कार्यशैलीलाइ प्रबिधी मैत्री कसरी बनाउन सकिन्छ भन्ने कुरालाइ ध्यान दिनु पर्ने बताउनु भयो ।
हिजो र आज २ दिन सम्म संचालन भएको प्रशिक्षण तथा योजना कार्यशालामा ट्रेड युनियन आधारभुत ज्ञान र संगठन निर्माण कला बिषयमा जिफन्ट उपाध्यक्ष तथा शिक्षा बिभाग प्रमुख बिदुर कार्कीले, नेतृत्व निर्माण र परीचालन बिषयमा महासचिब लक्ष्मण शर्माले प्रशिक्षण दिनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) केन्द्रीय कमिटीद्वारा पुस ६ गते मकवानपुर जिल्लाको हेटौडामा निर्माण श्रमिकहरुको लागि सामाजिक सुरक्षा पहुचको प्रर्वधन र सुदृढीकरण बिषयमा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्यूपेक उपाध्यक्ष योगेन्द्र शर्मा, महासचिब राजेन्द्र बिष्ट लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तनहुँ जिल्ला कमिटी अन्तरगत अटो मेकानिक दमौली इकाई कमिटीको भेला पुस ५ गते सम्पन्न गरेको छ ।
भेलाको प्रमुख अतिथि संगठन गण्डकी प्रदेश उपाध्यक्ष वेनीराज थिङले संगठन ब्यबस्थापन र योगदानमा अधारीत सामाजिक सुरक्षाका बारेमा प्रकाश पार्नु भएको थियो भने संगठनका पुर्व तनहुँ जिल्ला अध्यक्ष सुर्य पौडेलले सडक दुर्घटना न्युनिकरणका बारेमा मन्तब्य राख्नु भएको भेलाको अध्यक्षता प्रसाद भुजेलले र संचालन नन्द राम सापकोटाले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबध्द क्यूपेक नेपालद्वारा पुस ५ गते काठमाण्डौमा बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिफन्ट उप-महासचिब नरनाथ लुईटेल र बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले संगठनको ईतिहास र बर्तमान परिबेसमा संगठनको भुमिका, श्रम कानुन, श्रम डेक्स स्थापना लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
जिफन्ट आबद्ध निजी तथा आवासिय विद्यालय शिक्षक कर्मचारी यूनियन (प्याब्स्यु) डि एभी केडिया स्कूलको पुस ५ गते सम्पन्न तेश्रो अधिवेशनले नकुल पटेलको अध्यक्षमा ७ सदस्य कमिटी निर्वाचित गरेको छ ।
जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य आनन्द थामी, गीता भण्डारी, प्रदेश सचिब मुक्ती चौधरी लगायतका अतिथीहरू उपस्थीत रहेको थियो 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्व नेस्वहोमयुद्वारा पुर्व अध्यक्ष स्व. माधव न्यौपानेको स्मृतीमा स्थापना गरेको छात्रबृत्ति एवं सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार युनियनको ४६औं स्थापना दिवसको सन्दर्भमा पुस ४ गते बितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार बितरण गर्नुहुंदै होटल क्षेत्रमा नियमित रोजगारीको संख्या भन्दा आउट सोर्स कम्पनीबाट अएका श्रमिकहरूको संख्या बढी रहेको तर ती श्रमिकहरूलाइ संगठनको दायरामा ल्याउन नसक्नु अहिलेको युनियन अन्दोलनको ठुलो चुनोती रहेको बताउनु भयो ।
श्रम एेन २०७४ अनुसार कुनै पनी प्रकृतिका श्रमिकहरू कानुन भन्दा बाहीर रहन नसक्ने स्पष्ट रहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले युनियन आन्दोलनलाइ बलियो बनाउन आउट सोर्सबाट आएका श्रमिकहरूलाइ पनि समेटनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष श्रेष्ठले नेस्वहोमयुको गौशवशालि इतिहासको सम्झना गर्दै श्रमिक हक, हित र खोसिएका अधिकार प्राप्तीकालागी यस क्षेत्रमा क्रियाशिल सबै युनियनहरूको दृढ संकल्प, साझा धारणा अवश्यक रहेको बताउदै जिफन्टले बिगतमा जस्तै अगामि दिनमा पनि सहयोग गरीरहेने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रममा यस बर्षको सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार नेस्वहोमयु गोकर्ण फरेष्ट रिसोर्टले प्राप्त गरेको को छ भने स्व. माधव न्यौपाने स्मृति छात्रबृत्ति पुरस्कार अन्तरगत छात्रा तर्फ गोकर्ण फरेष्टमा कार्यरत नेस्वहोमयु सदस्य केशव राज सापकोटाका सुपुत्री कृतिष्मा सापकोटालाइ र छात्र तर्फ द सोल्टी होटलमा कार्यरत युनियन सदस्य बुद्धी बहादुर थापाका छोरा कपिल थापा मगरले सम्मान सहित जनही नगद रू १०/१० हजार प्रदान गरेको थियो ।

नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा युनिट्राभ अध्यक्ष सुमन पराजुली, होटेल एशोसिएसन महासचिव साजन शाक्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेस्वहोमयु महासचिब कमल धिमिरेले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष ललिता केसीले स्वागत गर्नु भएको थियो ।
