अन्तररार्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद (आइटियुसी न्याक)द्वारा ट्रेड युनियन आन्दोलन र युवा राष्ट्रिय सम्मेलन जेठ १३ गते देखी काठमाण्डैमा आयोजना गरेको छ ।
२ दिन सम्म संचालन हुने कार्यक्रमको शुभारम्भ गर्नु हुंदै आइटियुसी न्याक तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले आजको युवा श्रमिक भोलीको ट्रेड युनियन आन्दोलनको नेता हुने भएको हुनाले ट्रेड युनियन आन्दोलनको भविस्य युवाको हातमा रहेको बताउनु हुदै कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो ।
सुभारम्भ कार्क्रममा LIO Actrav दक्षिण एसिया प्रमुख युकी ओजुजीले सम्बोधन गर्नु हुंदै युवा भबिस्य मात्र हैन श्रम बजारको बर्तमान पनि भएको भन्नु हुंदै युवाको नेतृत्व बिकासकालागि सोच र कार्य शैली परीवतर्न हुन जरूरी रहेको बताउनु भयो ।
त्यसैगरी DTDA का कार्यक्रम अधिकृत जोनपल जमालले DTDA र नेपालको ट्रेड युनियन अन्दोलन बिच सहकार्य गर्दै अइरहेको भन्नु हुंदै नेपालको ट्रेड युनियन युवाको हातमा रहेकोले यो कार्यक्रम युवा नेतृत्व बिकासलागी कोशेढुङ्गा साबित हुने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा जिफन्ट संरक्षक बिष्णु रिमालले बर्तमान सन्दर्भमा ट्रेड युनियनबाद र युवा बिषयमा धारणा राख्नु भएको थियो ।
सार्टुक महासचिब लक्ष्मण बस्नेतले संचालन गर्नु भएको सत्रमा जिफन्ट संरक्षक बिष्णु रिमालले बर्तमान केवल अजको दिन मात्र नभइ क्रिटिम बुद्धीमता , डिजिटल प्रबिधी र तिब्र सामाजिक परीवर्तनको युग भएको धारणा राख्नु हुंदै अजको ट्रेड युनियन अन्दोलन केवल कुनै कल कारखानाको गेट मात्र नभइ हरेक कार्यस्थल र डिजिटल स्पेसमा बिस्तार भएको भन्नु हुदै नयाँ युगको ऐतिहासिक जिम्मेवारी विगतको औद्योगिक युगमा युनियनले कठोर शोषणविरुद्ध लडेर ऐतिहासिक कानुनी सफलता प्राप्त गर्यो। तर आजको डिजिटल र भूमण्डलीकृत युगमा हाम्रो भूमिका फेरिएको ले अब ट्रेड युनियनले औद्योगिक शान्ति, नवप्रवर्तन, रोजगारी सिर्जना, सीप निर्माण र राष्ट्रिय समृद्धिको नेतृत्व गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
संरक्षक रिमालले युवा पुस्तालाई साथमा लिएर श्रम बजारको यो डिजिटल रूपान्तरणलाई सफल पार्नु नै आजको ट्रेड युनियन आन्दोलनको नयाँ ऐतिहासिक जिम्मेवारी रहेको बताउनु भएको थियो ।
त्यसैगरी कार्यक्रमको अर्को चरणमा अर्थिक, सामाजिक सन्दर्भ र युवा अपेक्षाका बारेमा प्राध्यापक डाक्टर पिताम्बर भण्डारीले धारणा राख्नु भएको थियो भने कार्यक्रमको सहजी करण जिफन्ट तथा आइटियुसी न्याक अध्यक्ष बिनोद श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रमको पहिलो दिनको अन्तीम शत्रमा लोकतन्त्र र सामाजिक न्याय लोकप्रियतावादको बिषयमा FES नेपालका बरिष्ठ कार्यक्रम अधिकृत चन्द्र देब भ६टले धारणा राख्नु भएको सत्रको सहजिकरण अन्टुफका अध्यक्ष जगत सिंखडाले गर्नु भएको थियो ।
कार्यक्रमको फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122195124464435116&type=3