जिफन्ट युथ-जेनेरेशन कार्यशाला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा शसक्त युनियनकालागी जिफन्ट युथ-जेनेरेशन कार्यशाला जेठ १५ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा सम्पन्न भएको छ । 

कार्यशालाको शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपाल ट्रेड युनियन अन्दोलनको स्थापना देखी हाल सम्म युवाहरूको भुमिका, अन्दोलनको नेतृत्व र युवा परीचालन तथा नेतृत्व बिकासकालागी जिफन्टको वाइ जेन  कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यशालामा अध्यक्ष श्रेष्ठले युवाको नेतृत्व बिकासकालागि सोच र कार्य शैली परीवतर्न हुन जरूरी रहेको बताउनु हुंदै जिफन्टले युवा पुस्तालाइ ट्रेड युनियन अन्दोलनमा सहभागिता बढाउन युवा केन्द्रीत कार्यक्रमहरू अगाडी बढाइ रहेको बताउनु भयो । 

कार्यशालामा कामको संसारमा युवाहरुको अवस्था, समस्या, चुनौती, श्रमिक आन्दोलनमा युवा सहभागिता र युवा श्रमिकको नेतृत्व विकास लगायतका बिषयमा ७ वटा समुहले छलफल गरी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122195337338435116&type=3