श्रम आन्दोलनमा सूचना र सञ्चारलाई प्रभावकारी बनाउन आवश्यकः जिफन्ट अध्यक्ष श्रेष्ठ


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले फेरिएको परीवेशमा सूचना र सञ्चारलाई प्रभावकारी बनाउन सकिएन भने ट्रेड युनियन आन्दोलनले जतिसुकै राम्रा काम गरे पनि श्रम आन्दोलनलाई समाजमा स्थापित गर्न गाह्रो हुने बताउनु भएको छ । 

अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ नेपाल आवद्ध परिषद (ITUC-NAC) ले प्रतिवेदन लेखन तथा सूचना र संचार सम्बन्धी कार्तिक ६ गते देखी सुरू भएको तालिम कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । 

अध्यक्ष श्रेष्ठले सूचना तथा संचार क्षेत्रमा आएका नयाँ प्रबिधीहरूलाइ ट्रेड युनियनहरूले प्रयोग गर्न सकेन भने श्रम आन्दोलन नै पछि पर्ने भएको हुनाले सूचना तथा संचार संग सम्बन्धित विषयलाई महत्वकासाथ लिनु पर्ने बताउँदै यस तालिममा सिकेका विषयहरूलाई आ–आफ्नो संस्थामा कार्यान्वयन गर्न अनुरोध पनि गर्नु भयो । 

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले जिफन्टले सूचना तथा संचार क्षेत्रमा गर्दै आइरहेका कामहरू र जिफन्टको संचार नीतिका बारेमा प्रस्तुत गर्नु भएको सो तालिम कार्यक्रममा प्रतिवेदन लेखन बिषयमा डा. केशब अधिकारीले र प्रभावकारी सूचना सम्प्रेषणका बिषयमा सुनिल न्योपानेले तालिम दिनु भएको थियो । 

३ दिन सम्म संचालन हुने सो तालिममा सामाजिक संजाल मार्फत समाजलाइ आकर्षित बनाउन कसरी नक्साकंन गर्ने र त्यस्कालागी प्राविधिक क्षमता विकास बारे डिटिडिएका एसिया प्रशान्त क्षेत्रीय संयोजक ज्याकोव रोसडाल र निम्फा मेण्डोजाले तालिम दिनु हुने छ । 

तालिक कार्यक्रमको सहजीकरण ITUC-NAC का निर्देशक गोपाल धिमिरेले गर्नु भएको थियो ।