कागजी तालिमले श्रमिकको पीडा रोकेन, अभिमुखीकरण पाठ्यक्रम परिमार्जन हुँदै
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पनौती पालिका कमिटीद्वारा भाद्र ३ गते आयोजित तीज कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले श्रमिक महिलाको अधिकार सुनिश्चित गर्न पालिका स्तरमा श्रम डेस्क स्थापना, श्रमिक पञ्जीकरण र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन दवाब सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाईंले तीजलाई स्वतन्त्रताको अनुभूति गर्ने र श्रमिक अधिकारप्रति सचेत रहने पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनु भएको छ ।

कल्पना थापाको अध्यक्षतामा, रिता तामाङले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट प्रदेश महिला कमिटी अध्यक्ष शान्ती कार्की र जिल्ला सचिव श्याम सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।