नेपाल कम्युनिष्ट पार्टी (एमाले) मजदुर बिशेष जिल्ला कमिटीको बिस्तारित बैठक साउन ३० गते अध्यक्ष तुलसी सिवाकोटीको अध्यक्षतामा जिफन्ट हलमा सम्पन्न भयो ।
बैठकमा पोलिटब्यरो सदस्य तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टको लडाइँ बर्गीय अधिकारको लागी भएको बताउनु हुदै बिषेश जिल्ला कमिटीमा आवद्ध रहेका सबैले सकारात्मक सोचका साथ सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
बैठकमा उपत्यका विशेष प्रदेश कमिटी ईन्चार्ज सुजिता शाक्यले जनसङ्गठन भित्र पार्टी काम र पार्टी संगठन बिचको अन्तर सम्बन्धका बारेमा, ट्रेड युनियन अन्दोलनमा पार्टीको भुमिका र महत्वका बारेमा उपत्यका बिशेष प्रदेश अध्यक्ष प्रेम पराजुलीले र आसन्न बिधान महाधिवेशनको सन्दर्भमा मजदुर बिशेष जिल्ला कमिटी इन्चार्ज सीता लामाले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122164768184435116&type=3