??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

कमल गौतमको १३ औं पुन्यतिथिमा शोकसभा

श्रमिकको रोजगारी संकटमा परेको विषयमा भएको विरोध कार्यक्रमलाई संबोधन गर्दागर्दै हृदयघातबाट निधन हुनु भएका  जिफन्टका तत्कालिन उपाध्यक्ष कमल गौतमको १३ औं पुन्यतिथिमा जिफन्ट लुम्बिनी प्रदेश अन्तर्गत नेपालगंजको औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकहरु बिच कार्तिक २६ गते  जिफन्ट राष्ट्रिय कमिटि सदस्य पुर्ण केसिको नेतृत्व शोकसभा गरेको छ ।

त्यसैगरी सोही दिन  जिफन्ट बागमती प्रदेश कार्यालयकाठमाण्डैमा र  मकवानपुर जिल्ला समन्वय कमिटीले हेटौंडामा शोकसभा अयोजना गरेको छ ।

कार्यस्थलमा तापको तनाव, अवस्था र चुनौती बिषयक कार्यशाला सम्पन्न

नेपालमा कार्यस्थलमा तापको तनाव अवस्था र चुनौती बिषयक राष्ट्रिय कार्यशाला कार्तिक २८ गते सम्पन्न भएको छ ।

कार्यशालामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जलवायु परीवर्तनको कारणले बढेको तापमानले श्रमिकहरूको जिवनमा गम्भीर असर परीरहेको र जलवायु परीवर्तनको कारण श्रमिकहरू नभएता पनी यस्को नियती श्रमिकहरूले भोग्नु पर्ने बिदम्बना रहेको भन्नु हुंदै यसकालागी कार्यस्थलको सुधार अवश्यक रहेको बताउनु भएको छ ।

कार्यशालामा एनटियुसी अध्यक्ष योगेन्द्र कुंवर जिफन्ट उपमहासचिब कमला तामाङ लगायतले बिचार राख्नु भएको थियो ।
 

पिएसआइ नेपाल समितीको अध्यक्षमा उत्तम कुमार कटुवाल

पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआइ) नेपाल आवद्ध समितीको चोथो साधारण सभा कार्तिक २३ गते नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अथित्यतामा सम्पन्न भयो । 
चोथो साधारण सभाले उत्तम कुमार कटुवालको अध्यक्षतामा सात सदस्य कमिटि चयन गरेको छ । 

सभाका प्रमुख अथिति श्रेष्ठले नेपालको ट्रेड युनियन अन्दोलनलाइ एकताबद गर्न जिफन्टले देशभर बदलिएको राजनैतिक परिवेशमा श्रमिकसंग सम्वाद कार्यक्रम संचाला गरीरहेको बताउनु भएको छ । 

जेन्जीको नाममा भएको आन्दोलन पछी विभिन्न क्षेत्रका श्रमिकहरू बेरोजगार भएको भन्नु हुंदै प्रमुख अतिथी श्रेष्ठले वर्गिय स्वार्थ लाइ केन्द्रमा राखेर नेपालको ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउनु पर्ने बताउनु भएको  छ । 
कार्यक्रममा एनटियुसी अध्यक्ष योगेन्द्र कुंवर , जिफन्ट नेभा अध्यक्ष गिता थिङ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
 

आइटियुसीद्वारा ट्रेड युनियनमा आन्तरिक संचार बारेमा अभिमुखीकरण सम्पन्न

अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र (आइटियुसी) ले मंसिर २ गते ट्रेड युनियनमा आन्तरिक संचारको महत्त्वका बारेमा भर्चुअल माध्यामबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रचार तथा प्रकाशन विभाग सदस्य तथा जिफन्ट आबद्ध इम्प्रेशन नेपालका उपाध्यक्ष किरण मालीले जिफन्टले अपानाउँदै आइरहेको संचार विधि तथा प्रविधिका बारेमा प्रकाश पार्नु हुँदै जिफन्टले सूचना प्रणालीको सुदृढिकरणका लागि सामना गरिरहेको चुनौतीहरूका बारेमा पनि बताउनु भएको थियो ।

त्यस्तै आइटियुसीका सुचना अधिकृत एलेन रोड्रिगेजले अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रले अपनाउँदै आएको सूचना तथा संचार प्रणालीको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा आइटियुसी एसिया प्रशान्त क्षेत्रका कम्युनिकेशन तथा एडभोकेसी निर्देशक जोय हर्नान्डेजले सहजिकरणा गर्नु भएको अभिमुखीकरण कार्यक्रममा नेपालबाट जिफन्ट मिडिया टिम सदस्य सबिता बस्नेत लगायत विभिन्न देशका ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

जिफन्ट एक्यवद्धता कोषबाट सहयोग प्रदान

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट एक्यवद्धता कोषले लामो समय देखी क्यनसर रोगबाट पिडित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बीनीका दोलराज बस्याल र चेतन गुरूङलाइ उपचार सहयोग बापत जनहि २५ हजार सहयोग प्रदान गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेता ठाकुर गैरेले संगठन लुम्बीनी प्रदेश कार्यालयमा एक कार्यक्रम बिच हस्तान्तरण गरेको हो । 

अलबिदा कमरेड हरिप्रसाद शर्मा, हामी सधै सम्झी रहने छौं

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को पुर्व उपाध्यक्ष तथा जिफन्ट आवद्ध नेस्वहोमयुका संस्थापक अध्यक्ष हरिप्रसाद शर्माको पुस २६ गते भएको दुःखद निधनबाट जिफन्ट परिवार स्तब्ध भएको छ ।

जिफन्ट, दिवगंत शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।

कमरेड शर्माको पार्थिव शरिर दाहासस्कार गर्नु पुर्व पशुपति आर्यघाटमा आयोजना गरेको संक्षिप्त श्रद्धाजली सभामा नेकपा एमाले, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र नेस्वहोमयुको झण्डा आडाइ श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

२०१० माघ ७ गते दोलखा जिल्लाको तत्कालीन भिरकोट गाबिसमा निम्न बर्गिय परीवारमा जन्मीनु भएका हरी प्रसाद शर्माको श्रमिक जिवनको सुरूवाट सन् १९७०को दशकमा भारतको होटल मौर्यबाट सुरू भएको हो। 

भारतमा काम गर्दादेखी नै मजदुर संगठनबारे ज्ञान हासिल गरेका स्व. शर्माले २०३४ सालदेखि होटल सोल्टीमा काम गर्न थाल्नु भएको थियो। त्यस समयमा नेपालमा दिनभरी काम गर्नु पर्ने बाध्यतालाइ ८ घण्टा कार्य समय बनाउन व्वस्थापकलाई उहाले बाध्य पारेको थियो ।

नेस्वहोमयुका संस्थापक अध्यक्ष शर्मा २०३९ पछी पटक पटक जेल परेपछि भुमिगत रूपमा संगठनको काम गर्न थाल्नु भयो र सोल्टी होटलबाट निस्काशन पछी याक एण्ड यती होटलमा काम गर्न थाल्नु भएको थियो ।

२०४० सालमा ट्रेकिङ मजदुर संघको संगठक भएर काम गर्नु भएका शर्मा पिस्कर काण्डको बिरोधमा पनि पक्राउ पर्नुभयो । उहालाइ पार्टीले उपत्यकामा मजदुर क्षेत्रको जिम्मा पनि दिएको थियो । 

२०४७ सालमा कार्पेट युनियनको संगठकको रूपमा काम गर्नु हुदै २०५७ सालमा जिफन्ट महाधिवेशन प्रतिनिधी परीषद सदस्य समेत हुनु भयो ।

मनमोहन स्मृती प्रतिष्ठान र मनमोहन पोलिटेक्निकल इन्स्टिच्युतका संचालक समेत भै सक्नु भएका उहा आफ्नो सीपका सीपका लागि स्पेनका एक संस्थाबाट ३ पटकसम्म सम्मानित शर्मा काठमाण्डौको एभरेष्ट स्टिक हाउस र पोखराको न्यु एभरेष्ट स्टिक हाउसको संचालक समेत हुनुहुन्थ्यो।