न्यायिक रूपान्तरणमा श्रमिक सशक्तीकरण प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू

अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (ITUC) एसिया प्रशान्त क्षेत्रको  आयोजनामा न्यायिक रूपान्तरणमा श्रमिक सशक्तीकरण प्रशिक्षक प्रशिक्षण कार्यक्रम कार्तिक १० गते देखी चितवनमा सुरू भएको छ ।

एनटियुसी अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा सम्पन्न प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्‌घाटन सत्रमा नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) उपाध्यक्ष तथा ITUC-NAC का सल्लाहकार संयोजक विदुर कार्कीले प्रशिक्षण कार्यक्रमको महत्वको बारेमा जानकारी गराउनु भएको थियो ।

ITUC एसिया प्रशान्त क्षेत्रीय अर्गनाइजिङ, कम्यूनिकेशन अफिसर" जोय हर्डिन्यान प्रमुख प्रशिक्षक  रहनु भएको कार्यक्रममा योगेन्द्र कुंवर र बिदुर कार्कीले सहजीकरण गर्नु हुनेछ ।

अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ नेपाल आबद्ध परिषदको समन्वयमा ३ दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा जिफन्ट, अन्टुफ र एनटियुसीबाट २४ जना सहभागी रहेको छ ।