जिफन्ट बर्दिया जिल्लाले ३००० सदस्य पुर्याउने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)  बर्दिया जिल्लाले अगामी वर्ष ३००० जिफन्ट सदस्य पुर्‍याउने योजना बनाएको छ ।

जिफन्ट बर्दिया जिल्ला समन्वय कमिटीको  असोज ६ गते अध्यक्ष सन्तराम थारुको अध्यक्षतामा बसेको बिस्तारित बैठकले उक्त निर्णय गरेको हो । 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हुमकान्त काफ्ले, नेकपा एमाले जिल्ला अध्य्क्ष सालिकराम अधिकारी, जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण के सी, क्यूपेक केन्द्रीय सचिव पदम बूढ़ा, जिफन्ट प्रदेश कमिटी सदस्य बर्दिया इन्चर्ज दुर्गा के सी लगायतका नेताहरू सहभागी  रहेको सो विस्तारित बैठकले संगठन सुदृढीकरण अभियान अन्तरगत सदस्यता बिस्तार, कमिटी गठन पुनरगठन तथा अधारभुत ट्रेड युनियन प्रशिक्षण  संचालन गर्ने निर्णय गरेको हो ।