नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेस प्रदेश को २१ औ बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेस प्रदेश को २१ औ पूर्ण बैठक जिफन्ट प्रदेश अध्यक्ष कमलवश झाको अध्यक्षतामा असोज ६ गते सिमरा सम्पन्न भयो । 

बैठकले विधान बमोजिम आबद्ध घटक यूनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ब्हीन) बाट दिल्ली दाहाललाई प्रदेश कमिटीको सदस्य पदमा मनोतित गरेको छ ।

बैठकको रिपोर्टिंगको क्रममा उठेका जिज्ञासा र समस्यालाई समेट्ने गरी सुझाव सहितको निर्देशन दिँदै बैठकका प्रमुख अतिथि अध्यक्ष विनोद श्रेष्ठले बैठकलाई सम्बोधन गर्नु भएको थियो । 

बैठकमा उपाध्यक्ष विदुर कार्कीको पनि आतिथ्यता रहेको थियो । प्रदेश सचिव मुक्ति चौधरीले संगठन विस्तारको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।