नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो । 

यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ  तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो  । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको  युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।

संबद्ध गतिविधिहरू

टोखा र मकवानपुरमा क्यूपेक नेपालको भेला सम्पन्न

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) टोखा नगर कमिटीको फागुण २४ गते सम्पन्न चौथो अधिवेशनले रामसरण पराजुलीको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरेको छ । 

त्यसैगरी सोही दिन क्यूपेक नेपाल मकवानपुर जिल्ला भेलाले निरु आले मगरको अध्यक्षतामा ७ सदस्य जिल्ला महिला कमिटी गठन भएको छ । 

 

त्यसैगरी क्यूपेक-नेपाल बुढानीलकण्ठ नगर कमिटीको फागुण २५ गते सम्पन्न अधिवेशनले जगत रसाइलीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित भएको छ । 
 

टोखा,बुढानीलकण्ठ र मकवानपुर र मा क्यूपेक नेपालको भेला सम्पन्न

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) टोखा नगर कमिटीको फागुण २४ गते सम्पन्न चौथो अधिवेशनले रामसरण पराजुलीको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरेको छ । 

त्यसैगरी सोही दिन क्यूपेक नेपाल मकवानपुर जिल्ला भेलाले निरु आले मगरको अध्यक्षतामा ७ सदस्य जिल्ला महिला कमिटी गठन भएको छ । 
 

त्यसैगरी क्यूपेक-नेपाल बुढानीलकण्ठ नगर कमिटीको फागुण २५ गते सम्पन्न अधिवेशनले जगत रसाइलीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित भएको छ । 

क्युपेक कास्कीले मृतक श्रमिक परीवारलाइ क्षतिपुर्ति दिलायो

कास्की जिल्लाको चाउथेमा घर निर्माणको क्रममा चैत्र ८ गते १ जना श्रमिकको मुत्यु भएको छ ।

उदयपुर त्रियुगा नगरपालिका १२ धर भइ पोखरामा निर्माण सम्बन्धी काम गर्दै आउनु भएका निराजन बि. क. ठेकदार हितकाजी नेपाली मार्फत चाउथे स्थित कृष्णराज सुबेको घर निर्माण गर्ने गर्ने क्रममा दुई तल्लाबाट खसी घटना स्थलमै मृत्यु भएको हो ।

क्युपेक नेपाल कास्की जिल्ला कमिटीको पहलमा मृतकको परिवारलाई श्रम ऐन अनुसार क्षतिपुर्ति दिलाई मृतक बिकको शवलाइ घर सम्म पुर्‍याउने ब्यवस्था गरेको छ ।
 

क्यूपेक युवा कमिटी अध्यक्षमा राजेन्द्र लम्साल

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले संसारका हरेक परिवर्तनहरू युवाहरूको शक्तिबाट नै हुने गरेको भन्नु हुँदै नेपालको श्रम बजारमा देखिएका चुनौतीहरूलाइ पनि सामना गर्न युवा श्रमिकहरू नै लाग्नु पर्ने बताउनु भयो ।

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)द्वारा चैत्र २० गते काठमाण्डैमा आयोजित युवा राष्ट्रिय सम्मेलनमा सो कुरा बताउनु भएको हो ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्धधाटन गर्नु भएको सो सम्मेलनमा जिफन्ट उपमहासचिव नरनाथ लुईटेल, जिफन्ट युवा अध्यक्ष बिकि श्रेष्ठ, क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो । 

सम्मेलनले  राजेन्द्र लम्सालको अध्यक्षतामा  ९ सदस्य केन्द्रीय युवा कमिटी चयन गरेको छ ।  


 

क्युपेकको पहलमा मजदुरको ज्याला दिन बिरुवा क्याराभान कन्स्ट्रक्सन सहमत

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) को पहलमा बेनी–दरबाङ सडक आयोजना अन्तर्गतका मजदुरको ज्याला दिन बिरुवा क्याराभान कन्स्ट्रक्सन सहमत भएको छ । 

ज्याला दिन आनाकानी गर्ने, मजदुरलाई धम्काउने, पुनः नाप जाँच जस्ता अनावश्यक बखेडा झिकेको ठेकेदार कम्पनीले ३ लाख रुपैयाँ मजदुरको खातामा जम्मा गरी बाँकी २० दिनभित्र बाँकी १० लाख ज्याला दिने चैत्र २१ गते जिल्ला प्रशासन कार्यालयमा लिखित सम्झौता भएको हो ।

जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पूर्वाधार कार्यालयका प्रमुख ईन्जिनियर विष्णु पौडेल, क्युपेक केन्द्रीय सचिव एवम् महिला विभाग प्रमुख बलादेबी राई सहित मजदुरका अगुवाहरूको उपस्थिति भएको छलफलमा प्रजिअ ढकालले सहमति अनुसारको मजदुरको ज्याला तोकिएको समयमै फिर्ता नगरे कानुनी उपचारको अन्तिम विकल्प खोज्ने बताउनुभयो ।

क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मङ्सिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुले ज्याला नपाएको भन्दै चरणबद्ध आन्दोलन गरेका थिए । मङ्गला गाउँपालिका-२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी बिच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माणमा समेत ढिलासुस्ती भइरहेको अवस्थामा पुरानो ज्याला नदिएपछि राजनीतिक दलले समेत मजदुरको समस्यामा प्रतिबद्धता जनाएका थिए ।
 

सागरनाथ वनमा कार्यरत कर्मचारीहरूले ११ महिना देखीको तलब तत्काल उपलब्ध गराउन माग

सागरनाथ वन विकास परियोजनामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीहरूको गत ११ महिनाको तलब-भत्ता लगायतका रकमहरू तत्काल उपलब्ध हुनु पर्ने माग गर्दै,  जिफण्ट आबद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) र नेपाल निजामती कर्मचारी संगठन, सागरनाथ वन विकास परियोजना कमिटीद्वारा, चैत्र २५ गते वन तथा वातावरण मन्त्रालय र समावेशी आयोगमा मागपत्र पेश गरेको छ । 

माग पत्रमा ११ महिना देखी परियोजनाका स्थायी, करार र दैनिक ज्यालाका १९ जना कर्मचारीहरुले तलब, भत्ता तथा चाडपर्व खर्चसमेत नपाएको र चार वर्ष अघि नै अवकास प्राप्त २० जना कर्मचारीहरूले उपदान सुविधा समेत नपाएको र वन संरक्षणको लागि गस्ती टोलीमा खटिएका वन संरक्षकहरूले न्यूनतम साधन र सामग्री बिना काम गर्न बाध्य भएकोले तत्काल सम्बोधन गर्न माग गरेको छ ।