नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले संसारका हरेक परिवर्तनहरू युवाहरूको शक्तिबाट नै हुने गरेको भन्नु हुँदै नेपालको श्रम बजारमा देखिएका चुनौतीहरूलाइ पनि सामना गर्न युवा श्रमिकहरू नै लाग्नु पर्ने बताउनु भयो ।

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)द्वारा चैत्र २० गते काठमाण्डैमा आयोजित युवा राष्ट्रिय सम्मेलनमा सो कुरा बताउनु भएको हो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्धधाटन गर्नु भएको सो सम्मेलनमा जिफन्ट उपमहासचिव नरनाथ लुईटेल, जिफन्ट युवा अध्यक्ष बिकि श्रेष्ठ, क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो ।
सम्मेलनले राजेन्द्र लम्सालको अध्यक्षतामा ९ सदस्य केन्द्रीय युवा कमिटी चयन गरेको छ ।
