कास्की जिल्लाको चाउथेमा घर निर्माणको क्रममा चैत्र ८ गते १ जना श्रमिकको मुत्यु भएको छ ।
उदयपुर त्रियुगा नगरपालिका १२ धर भइ पोखरामा निर्माण सम्बन्धी काम गर्दै आउनु भएका निराजन बि. क. ठेकदार हितकाजी नेपाली मार्फत चाउथे स्थित कृष्णराज सुबेको घर निर्माण गर्ने गर्ने क्रममा दुई तल्लाबाट खसी घटना स्थलमै मृत्यु भएको हो ।
क्युपेक नेपाल कास्की जिल्ला कमिटीको पहलमा मृतकको परिवारलाई श्रम ऐन अनुसार क्षतिपुर्ति दिलाई मृतक बिकको शवलाइ घर सम्म पुर्याउने ब्यवस्था गरेको छ ।