नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो ।
यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।
नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल)ले झापा जिल्लाको भद्रपुर नगरपालिकाको १, २ र ३ नं वडाको संयुक्त तेस्रो अधिवेशन फागुण १० गते सम्पन्न गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य सन्तकुमार राईको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनले विजय कुमार राजवंशीको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध क्यूपेक नेपालको माघ २८ गते बेनीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले जित बहादुर किसानको अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।
क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा भएको सो अधिवेशनमा, महासचिव राजेन्द्र बिष्ट, सचिव बलादेवी राई लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी फागुन २ गते हेटौडामा सम्पन्न क्यूपेक-नेपाल मकवानपुर जिल्लाको आठौं अधिवेशनले बुद्ध बि.क.को अध्यक्षतामा १९ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।
बागमती प्रदेश श्रममन्त्री प्रेम भक्त महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय अध्यक्ष शान्ता बस्नेत लगायतका केन्द्रीय अतिथिहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध यूनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) कास्की जिल्ला कमिटीले खेल खेलौ स्वस्थ बनौ, श्रमजिवी बर्ग बिच भाईचाराको सम्बन्ध बिस्तार गरौ भन्ने मुलनाराका साथ फागुन १५ गते देखी फुटवल प्रतियोगिता आयोजना गरेको छ ।

कास्की कप २०८१ तेस्रो सेभेन ए साईट नाममा संचालन हुने सो फुटवल प्रतियोगिताको जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले शुभारम्भ गर्नु भएको छ ।
पोखराको मालेपाटन खेल मैदानमा संचालन हुने उक्त प्रतियोगितामा ६ टिम सहभागी रहेको छ ।
क्यूपेक जिल्ला अध्यक्ष तिर्थ मगरको अध्यक्षतामा भएको उद्धघाटन समारोहको सञ्चालक बिशाल चौधरीले र स्वागत जिवन लामाले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक-नेपाल) भक्तपुर जिल्ला कमिटीको फागुण १७ गते सम्पन्न आठौं अधिवेशनले सुरेशमान मधिकर्मीको अध्यक्षतामा १७ सदस्य भक्तपुर जिल्ला कमिटी निर्वाचित गरेको छ ।
केन्द्रीय अध्यक्ष सान्ता बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनको बन्द शत्र महासचिव राजेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
अधिवेशनले जिल्ला प्रतिनिधी परिषद प्रमुखमा बालकृष्ण खाइतु, उपप्रमुख शिव कुमार थापामगर र सल्लाहकारमा सानुकान्छा लामा चयन गरेको छ ।

त्यसेगरी सोहीदिन सम्पन्न, क्युपेक नेपाल कास्की जिल्लाको पोखरा महानगर १६ नम्बर वडा कमिटिको ९ औं अधिवेशनले कबिराज बिश्वकर्माको अध्यक्षतामा ९ सदस्य कमिटि र दलमाया मगरको अध्यक्षतामा ५ सदस्य महिला कमिटि निर्बाचित गरेको छ ।
क्यूपेक नेपाल केन्द्रीय सचिब पुण्य प्रसाद उप्रतीको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित दुबै कमिटीलाइ क्यूपेक कास्की जिल्ला अध्यक्ष तिर्थराज मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) टोखा नगर कमिटीको फागुण २४ गते सम्पन्न चौथो अधिवेशनले रामसरण पराजुलीको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरेको छ ।

त्यसैगरी सोही दिन क्यूपेक नेपाल मकवानपुर जिल्ला भेलाले निरु आले मगरको अध्यक्षतामा ७ सोदस्य जिल्ला महिला कमिटी गठन भएको छ ।

त्यसैगरी क्यूपेक-नेपाल बुढानीलकण्ठ नगर कमिटीको फागुण २५ गते सम्पन्न अधिवेशनले जगत रसाइलीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित भएको छ ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर यूनियन (क्यूपेक नेपाल) धनगढी नगर कमिटीको चैत्र ९ गते सम्पन्न दोश्रो अधिवेशनले युवराज पोख्रेल अध्यक्षतामा ८ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनमा जिफन्ट सुदूरपश्चिम प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे लगायतका नेताहरको सहभागिता रहेको थियो ।

त्यसैगरी सोहि दिन क्युपेक नेपाल चन्द्रागिरि नगर कमिटिको दोस्रो अधिवेशन जिफन्ट सचिव बेलिमाया घलेको प्रमुख अथित्यतामा सम्पन्न भएको छ । अधिवेशनले आइतमाया साम्वाको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको छ ।