नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो ।
यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।
नेपाल बिजुली,पेन्टर,प्लम्बर तथा निर्माण मजदुर (क्यूपेक-नेपाल) काठमाडौँ जिल्ला कमिटीको चैत्र ३० गते सम्पन्न आठौँ जिल्ला अधिवेशनले टेक बहादुर कार्कीको अध्यक्षतामा १६ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्धघाटन गर्नु भएको सो अधिवेशनमा महासचिब लक्ष्मण शर्मा क्यूपेक - नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी लगायतका अतिथीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी क्युपेक नेपाल चितवन जिल्ला कमिटीले चैत्र ३० गते एक भेलाको आयोजना गरी जिल्ला कमिटी स्थापना भएको १२ वर्ष पुरा गरी १३ औ वर्ष प्रवेश गरेको उपलक्ष्यमा जिल्ला स्थापना दिवस मनाएको छ ।
जिफन्ट आवद्भ क्युपेक नेपालद्वारा झापा जिल्लाको बिर्तामोडमा र रूपन्देही जिल्लाको बुटवलमा सामाजिक सुरक्षा र जलवायु परिबर्तन र गुनासो सम्बोधन बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलमा साउन २७ गते देखी भएको कार्यक्रममा जिफ्न्ट शिक्षा बिभाग सचिब हरी बहादुर कार्कीले जलवायु परिवर्तन र यसबाट निर्माण क्षेत्रमा परेको प्रभावका बारेमा, सामाजिक सुरक्षा कोषका प्रतिनिधि खिम बहादुर कार्कीले समाजिक सुरक्षा कोषका बारेमा प्रशिक्षण दिनु भएको थियो भने सहभागिहरुले प्रशिक्षणका क्रममा राखेका विभिन्न गुनासो तथा समस्याको सम्वोधन क्युपेक केन्द्रिय अध्यक्ष सान्ता वस्नेतले गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक नेपाल)द्वारा भाद्र १४ गते धनगढी जिल्लाको टिकापुरमा अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिककालागि योगदानमा आधारित सामाजिक सुरक्षा विषयक प्रशिक्षण सम्पन्न गरेको छ ।

टिकापुर नगर प्रमुख रामलाल डगौराले शुभारम्भ गर्नु भएको प्रशिक्षण कार्यक्रममा सामाजिक सुरक्षा कोषका खिम बहादुर कार्कीले प्रशिक्षण दिनु भएको थियो ।
क्युपेक उपाध्यक्ष योगेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्यूपेक नेपालको तर्फबाट श्रम डेक्स संचालन नमुना कार्यबिधी टिकापुर नगर प्रमुख रामलाल डगौरालाइ हस्तान्तरण समेत गरेको थियो ।
प्रशिक्षण कार्यक्रमको संचालन केन्द्रीय सदस्य मनिराम ढुङ्गानाले गर्नु भएको थियो भने स्वागत केन्द्रीय शिक्षा बिभाग सचिव टिकाराम श्रेष्ठले गर्नु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध क्युपेक नेपाल सुनसरी जिल्ला कमिटीको चौथो बैठक असोज २६ गते जिल्ला कार्यालयको सभाहलमा सम्पन्न भयो ।
क्यपेक नेपाल उपमहासचिब मुत्तिनाथ गिरी लगायतका नेताहरूको उपस्थीतीमा भएको बैठकले गत भदो २४ गते जिफन्ट केन्द्रीय कार्यालयमा अराजक समुहले गरेको तोडफोड तथा लुटपाटबाट पुर्यायको क्षेतीलाइ पुनरनिर्माण गर्न क्युपेक सदस्यहरूले १ दिन कम्तिमा बराबरको पारीश्रमिक सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले जिल्ला कमिटी मातहतमा रहेका पालिका कमिटीहरूको योजना बैठक बस्ने, तिहार २०८२ को सन्दर्भमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध क्यूपेक नेपालको आठौं महाधिवेशन आगामी २०८३ सालको जेठमा हुने भएको छ ।
क्युपेक अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा कार्तिक २४ गते धनकुटामा भएको ५८ औ केन्द्रीय कमिटी बैठकले जेठ १८ गते महाधिवेशन उद्धघाटन गर्ने निर्णय गरेको हो ।

बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले भदो २३ र २४ को घटना पछी श्रम बजारमा पारेको असर र बदलियको राजनैतीक परिवेशमा ट्रेड युनियनको भुमिका बारेमा प्रकाश पार्नु भएको थियो ।
बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्मा, उपमहासचिव नरनाथ लुईटेल लगायतका नेताहरूको सहभागी रहेको बैठकले महासचिब राजेन्द्र बिष्टले पेश गर्नु संगठानिक प्रतिवेदन पारीत गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) ले निर्माण क्षेत्रमा योगदानमा आधारीत सामाजिक सुरक्षा बिषयमा मंसिर ९ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिफन्ट सामाजिक सुरक्षा बिभागका सचिब तारानिधि पन्त, बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरन्जिवि न्यौपाने र ललितपुर महानगर पालिका उपप्रमुख मन्जरी शाक्यले मन्तब्य राख्नु भएको थियो ।