सागरनाथ वन विकास परियोजनामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीहरूको गत ११ महिनाको तलब-भत्ता लगायतका रकमहरू तत्काल उपलब्ध हुनु पर्ने माग गर्दै, जिफण्ट आबद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) र नेपाल निजामती कर्मचारी संगठन, सागरनाथ वन विकास परियोजना कमिटीद्वारा, चैत्र २५ गते वन तथा वातावरण मन्त्रालय र समावेशी आयोगमा मागपत्र पेश गरेको छ ।

माग पत्रमा ११ महिना देखी परियोजनाका स्थायी, करार र दैनिक ज्यालाका १९ जना कर्मचारीहरुले तलब, भत्ता तथा चाडपर्व खर्चसमेत नपाएको र चार वर्ष अघि नै अवकास प्राप्त २० जना कर्मचारीहरूले उपदान सुविधा समेत नपाएको र वन संरक्षणको लागि गस्ती टोलीमा खटिएका वन संरक्षकहरूले न्यूनतम साधन र सामग्री बिना काम गर्न बाध्य भएकोले तत्काल सम्बोधन गर्न माग गरेको छ ।
