नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो । 

यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ  तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो  । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको  युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।

संबद्ध गतिविधिहरू

आर्थिक सामाजिक सम्पदा र मर्यादा जिफन्टको एउटा मात्र अभिष्टः अध्यक्ष विनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुको आर्थिक सामाजिक सम्पदा र मर्यादा जिफन्टको एउटा मात्र अभिष्ट भएको बताउनु भएको छ। 

अध्यक्ष श्रेष्ठले सो कुरा जिफन्ट आवध्द निर्माण श्रमिकहरुको युनियन नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपालको २८औं स्थापना दिवसको उपलक्ष्यमा जेठ १८ गते बुटवलमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा बताउनु भएको हो। 

क्यूपेक अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले बदलिँदो श्रम बजारमा आएका परिवर्तनहरुलाई आत्मसात गर्दै युनियनका नीति तथा रणनीतिहरु पनि बदलेर हरदम सशक्त र प्रभावकारी रहन परिषद सदस्यहरूलाइ निर्देशन गर्नुहुदै अबको नेपाली श्रम आन्दोलनले विगतमा श्रमिकहरुको बलिदानीपूर्ण योगदानहरुले प्राप्त राजनीतिक परिवर्तन, संविधानमा मौलिक हकको रुपमा व्यवस्थित गरिएका श्रमिकका अधिकारहरु तथा श्रम कानुनहरुको पालना गर्ने गराउने दिशामा अघि बढ्नु जरुरी रहेको बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले सम्पूर्ण श्रमिकहरुले भेदभाव बिना पाउनुपर्ने योगदानमा आधारित सामाजिक सुरक्षामा आफ्नो योगदान गर्दै र रोजगारदाता तथा सरकारको सहयोगदानको लागि डटेर अघि बढ्ने अभियानमा सबै कृयाशिल रहन आव्हान गर्नुभयो। 

समारोहमा जिफन्ट महासचिब लक्ष्मण शर्मा लगाएतका अतिथीहरूले श्रम अन्दोलनका बारेमा प्रकाश पार्नु भएको थियो ।

करीव १५० जना परिषद सदस्य सहभागी रहेको परिषद बैठक जेठ १८ र १९ गते दुर्इ दिन संचालन भएको थियो ।

क्युपेक–नेपालले १५ हजार नया सदस्य थप गर्ने

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक नेपाल) को चौथो राष्ट्रिय अधिवेशन प्रतिनिधि परिषद बैठक जेठ १९ गते बुटवलमा सम्पन्न भयो । 

क्यूपेक प्रतिनिधि परिषद प्रमुख नरनाथ लुइटेलको अध्यक्षतामा, उपप्रमुख स्मृति लामाले संचालन गर्नुभएको सम्पन्न सो बैठकले १५ बुँदे आगामी कार्यक्रम र ७ बुँदे घोषणा-पत्र जारी गरेको छ । 

बैठकले अगामी वर्ष थप १५ हजार नयाँ सदस्य र ६० प्रतिशत नविकरण र ३१५ वटा पालिकामा संगठन विस्तार पुर्याउने निर्णय गरेको छ । 

त्यसै गरी सदस्यता डिजिटल्ली बनाउन जिफन्ट एप्सलाई प्रयोगका लागि सदस्यहरूलाई प्रेरित गर्ने,  ठुला परीयोजनाहरूमा मुख्य प्राथमिकताका साथ संगठन विस्तार तथा परिचालन अभियान संचालन गर्ने, महिला तथा युवा केन्द्रीत कार्यक्रम लगायतका कामहरू यस वर्ष प्राथमिकताका साथ गर्ने बैठकले निर्णय गरेको क्यूपेक केन्द्रीय कार्यालयले जनाएको छ ।

गत जेठ १८ गते नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गर्नु भएको सो चौथो राष्ट्रिय अधिवेशन प्रतिनिधि परिषद बैठकमा गत वर्ष सदस्य विस्तार अभियानमा उत्कृष्ट रहेका जिल्लाहरू मकवानपुर, ललितपुर, नवलपरासी र म्याग्दी जिल्लालाई प्रमुख अतिथि  श्रेष्ठले सम्मान-पत्र प्रदान गरेको थियो ।

क्यूपेक कास्की जिल्ला महिला कमिटी अध्यक्षमा ललिता मगर

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपाल कास्की जिल्ला महिला कमिटीको छैठौं अधिवेशन असार २९ गते पोखरामा सम्पन्न भयो । 


क्युपेक केन्द्रिय अध्यक्ष शान्ता बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिबेशनले ललिता मगरको अध्यक्षतामा ११ सदस्यीय कयुपेक नेपाल कास्की जिल्ला महिला कमिटि निर्वाचित गरेको छ ।


जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रूद्र खत्री लगाएत नेताहरूले शुभकामना मन्तब्य राख्नु भएको अधिबेशनमा जिफन्ट गण्डकी  प्रदेश उप सचिब संगिता पाण्डे, क्यूपेक केन्द्रीय सचिब बलादेवी राइ लगाएतका नेताहरूको सहभागिता रहेको थियो । 
 

काठमाण्डौ अलपत्र परेका ७० जना श्रमिकलाई क्युपेक नेपालद्धारा उद्धार

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सम्वध्द यूनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) ले करिब १ महिनादेखि अलपत्र परेका ७० जना श्रमिकलाई उद्धार गरि घर पठाएको छ ।

टोखास्थित होराइजन अपार्टमेन्टको ठेकेदार राशुला अलिले काम लगाई सुरिक्षत आवास र रासनको पनि व्यवस्था नगरेको जानकारी आएकोले क्युपेक नेपालको पहलमा उद्घार गरिएको थियो । 

क्युपेक केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्मा, जिल्ला श्रम बिभाग सदस्य टेक नारायण यादब र जिफण्ट टोखानगर कमिटी अध्यक्ष लिला बहादुर बस्नेत सहितको टोलीले सम्बन्धित पक्षसँग समन्वय गरेका थिए ।

पर्यटकीय स्थल लभ्ली हिलमाक्यूपेकले गर्यो सरसफाइ

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको अगुवाइमा उक्त सरसफाइ पश्चात फोहोर राख्नका लागि डस्टबिन समेत राखिएको छ । 

मजदुरहरूले आफ्नो कामबाट छुट्टी लिएरै पर्यटकीय स्थल लभ्ली हिलको सरसफाइ गरिएको क्युपेक नेपालकी केन्द्रीय सचिव बलादेवी राईले जानकारी दिनु भयो । 

सरसफाई र डस्टविन राख्नका लागि  ज्यालाबाट आएको रकम छुट्टाएर सामाजिक क्षेत्रमा समेत लगानी गर्ने गरेको समेत सचिव राईले जानकारी दिनुभयो । 

 

क्युपेकले अन्तर्राष्ट्रिय युवा दिवस मनायो

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्यूपेक-नेपाल चन्द्रागिरि नगर कमिटीले साउन २७ गते सतुङगल स्थित नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न सो भेला तथा प्रशिक्षण कार्यक्रममा क्यूपेक उपाध्यक्ष योगेन्द्र शर्मा ले योगदानमा आधारीत सामाजिक सुरक्षा बारेमा महासचिव राजेन्द्र बिष्टले ट्रेड युनियनका आधारभूत ज्ञानका बारेमा प्रशिक्षण दिनु भएको थियो । 

क्यपेक चन्द्रागिरि नगर कमिटी अध्यक्ष आर्इतमाया साम्बाको अध्यक्षतामा सन्तोष राइले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अभिभावक गुमाएकी कक्षा ६ मा अध्ययनरत दिपिका माझीलाई कापी र नगद प्रमुख अतिथि अध्यक्ष बस्नेतले हस्तान्तरण गर्नु भएको थियो