नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो । 

यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ  तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो  । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको  युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।

संबद्ध गतिविधिहरू

क्यूपेक–नेपालद्वारा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर,प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल)द्वारा पुस ११ गते भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

क्यूपेक नेपाल भक्तपुर जिल्लाका अगुवा कार्यकर्ताहरूका लागि संचालन गरेको प्रशिक्षण कार्यक्रमको औचित्यमाथि क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले प्रकाश पार्नु भएको थियो । 
गर्नु भएको थियो । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले श्रमिक पञ्जीकरण, श्रम डेस्कको आवश्यकता, यसको महत्व र सामाजिक सुरक्षाबारे प्रशिक्षण दिनुभएको कार्यक्रममा सूर्यविनायक नगरपालिका उप–मेयर सरिता भट्टराई, क्युपेक महासचिव राजेन्द्र बिष्टले मन्तब्य राख्नु भएको थियो ।
 

क्यूपेक–नेपालद्वारा टोखामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध क्युपेक नेपालद्वारा पुस १३ गते टोखा नगरपालिकामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । 

टोखा नगरपालिका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले श्रमिक पञ्जीकरण, श्रम डेस्कको आवश्यकता, यसको महत्व र सामाजिक सुरक्षाबारे प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, उपाध्यक्ष योगेन्द्र शर्मा र महासचिव राजेन्द्र बिष्टले मन्तब्य राख्नु भएको थियो ।
 

क्युपेकद्वारा निर्माण श्रमिकहरुको लागि सामाजिक सुरक्षा पहुच बिषयमा कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) केन्द्रीय कमिटीद्वारा पुस ६ गते मकवानपुर जिल्लाको हेटौडामा निर्माण श्रमिकहरुको लागि सामाजिक सुरक्षा पहुचको प्रर्वधन र सुदृढीकरण बिषयमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा क्यूपेक उपाध्यक्ष योगेन्द्र शर्मा, महासचिब राजेन्द्र बिष्ट लगायतका नेताहरूको सहभागिता रहेको थियो । 
 

क्यूपेक नेपालद्वारा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबध्द क्यूपेक नेपालद्वारा पुस ५ गते काठमाण्डौमा बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा जिफन्ट उप-महासचिब नरनाथ लुईटेल र बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले संगठनको ईतिहास र बर्तमान परिबेसमा संगठनको भुमिका, श्रम कानुन, श्रम डेक्स स्थापना लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

 

क्युपेक सदस्य रामेश्वर महतो कोइरीको हत्यामा संलग्न अपराधीलाई कार्वाही गर

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर,प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक–नेपाल) द्वारा पुस २० गते एक बिज्ञप्ती प्रकाशन गरी सागरनाथ वन परियोजनामा कार्यरत क्युपेक नेपालका सदस्य रामेश्वर महतो कोइरीको पुस १९ गते अज्ञात अपराधीहरुद्वारा गरिएको हत्या प्रती खेड ब्यक्त गरेको छ । 

बिज्ञप्तीमा आफ्नो कामको सिलसिलामा अपराधीहरुको निशानामा परी निधन हुनुभएका कोइरी प्रति भावपूर्ण श्रध्दान्जली र शोक संतप्त परिवारजनमा हार्दिक समवेदनमा ब्यक्त गर्दै घटनाको गम्भीर अनुसन्धान गरी अपराधीलाई कानुनी कार्वाही गर्न सरकारसंग माग गरेको छ ।

बिज्ञप्तीमा मृतकको परीवारलाइ क्षेतिपुर्ती प्रवन्ध गर्न सागरनाथ वन परियोजना समक्ष माग समेत गरेको छ । 

क्युपेक सागरनाथ बन बिकास परीयोजना अध्यक्षमा सन्तोष शाह

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) आवद्ध क्युपेक नेपाल सागरनाथ बन बिकास परीयोजना प्रतिष्ठान स्तरको ट्रेड युनियनको पुस २६ गते सम्पन्न चौथो अधिबेशनले सन्तोष शाहको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनमा गत पुस १९ गते ड्युटीमा रहेको अवस्थामा अज्ञात समुहद्वारा हत्या गरेका यूनियनका सदस्य रामेश्वर महत्तो कोइरीको परीवारलाइ युनियन सदस्यहरूबाट ५९ हजार पांच सय, केन्द्रीय कमिटीबाट ५ हजार र परीयोजनाबाट ४ लाख गरी जम्मा ४ लाख ६४ हजार पांच सय रूपया नगद हस्तान्तरण गरेको छ ।

क्युपेक केन्द्रीय उपाध्यक्ष योगेन्द्र कुंवरको प्रमुख अतिथ्यतामा, महासचिब राजेन्द्र बिष्ट लगायतका अतिथिहरूको उपस्थीती रहेको अधिबेशनमा सागरनाथ बन बिकास परीयोजना निवर्तमान र बर्तमान अध्यक्ष र प्रमुखलाई सम्मान समेत गरेको थियो ।