नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो । 

यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ  तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो  । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको  युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।

संबद्ध गतिविधिहरू

सामाजिक सुरक्षाको प्रवर्द्धन बिषयमा पोखरामा छलफल सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल बिजुली,पेण्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को आयोजनामा चैत्र ९ गते पोखरामा निर्माण श्रमिकहरूकालागि सामाजिक सुरक्षा पहुंचको प्रवर्द्धन र सुदृढिकरण बिषयमा कार्यक्रम सम्पन्न भएको छ । 

क्युपेक नेपाल केन्द्रिय अध्यक्ष सान्ता बस्नेतले  कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा सामाजिक सुरक्षाको प्रवर्द्धनकालागि राजनैतीक लबिङ तथा वकालतका उपायहरूका बारेमा छलफल भएको थियो ।

 

निर्माण श्रमिकको सामाजिक सुरक्षा तथा कार्यस्थल सुधार बिषयमा अन्तरक्रिया सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध क्युपेक नेपालद्वारा बैसाख २५ गते काठमाडौंमा निर्माण श्रमिकहरूको सामाजिक सुरक्षा तथा कार्यस्थल सुधार बिषयमा  सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जिफन्ट उपमहासचिब नरनाथ लुइटेलले अनौपचारिक तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउनु आजको मुख्य आवश्यकता भएको बताउनु भएको कार्यक्रममा एफक्यान केन्द्रीय सदस्य राजेस गौतमले निर्माण क्षेत्रका श्रमिक र रोजगारदाताबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको थियो ।

योगदानमा अधारीत सामाजिक सुरक्षा कोषका प्रतिनिधी श्रृषिराम पाण्डेले कार्यक्रममा सहभागिहरूले राख्नु भएको जिज्ञासालाइ स्पष्ट पार्नु हुंदै सामाजिक सुरक्षा कोषमा आबद्धता, सुविधा र कार्यान्वयन प्रक्रियाबारे प्रकाश पार्नु भएको थियो ।

जिफन्ट वागमती प्रदेस अध्यक्ष रामहरि नेपालले कार्यस्थलमा भोग्नुपरेका समस्या, सुरक्षा चुनौती तथा कार्यविधि सुधारका विषयमा धारणा राख्नुभएको कार्यक्रममा सहधागीहरूलाइ क्युपेक अध्यक्ष शान्ता बस्नेतले धनयवाद ज्ञापन  गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता योगेन्द्र शर्माले र सञ्चालन कृतिनिधि बिष्टले गर्नुभएको थियो। 

क्युपेक नेपाल चितवनद्वारा निर्माण श्रमिकहरूको सामाजिक सुरक्षामा पंहुच र सुधार बिषयमा कार्यक्रम

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) चितवन जिल्ला कमिटीद्वारा निर्माण श्रमिकहरूको सामाजिक सुरक्षामा पंहुच र सुधार बिषयमा बैसाख २६ गते चितवनमा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा क्युपवेक अध्यक्ष शान्ता बस्नेत, जिफनट बागमती प्रदेश सदस्य अन्जु गुरूङ लगायतका नेताहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा र मर्यादित रोजगारका विषयमा धारणा राख्नु भएको थियो ।

क्युपेक नेपालले ३० औं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को ३० औं स्थापना दिवस जेठ १८ गते बिविध कार्यक्रम आयोजना गरी मनाएको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले काठमाण्डैमा केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नु हुंदै परीवर्तीत समय अनुकुल क्युपेक नेपाललाइ अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । 

अध्यक्ष श्रेष्ठले वर्तमान सरकार लोकप्रियतावादमा लागेर स्टन्ट गरिरहेको बताउनु हुंदै यो कदम केवल श्रमिकको अधिकार खोस्ने मात्र नभई समग्र लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थामाथिकै प्रहार भएकोले यस्का बिरूद्ध संगठीत शक्तीले मात्र पराजीत गर्न सक्ने भएको हुनाले संगठीत अभियानलाइ अझ मजबुत तरीकाले अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा क्यूपेक संस्थापक अध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियन र राजनिती  एक अपसमा परीपुरक रहेको भन्नु हुदै राजनीती मार्फत नै श्रमिक अधिकारलाइ संस्थागत गर्न सकिने  बतउनु हुंदै हरेक श्रमिकले देशको राजनैती अवस्थाका बारे ज्ञान राख्न जरूरी रहेको बताउनु भयो । 

 

क्युपेक अधयक्ष शान्ता बस्नेतको अध्यक्षतामा राजेन्द्र बिष्टले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट आवद्ध यूनियनको तर्फबाट नेष्ट अध्यक्ष माया गुरूङ, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, DGB प्रतीनीधी सरोज ब्युरोले स्थापना दिवसको सन्दर्भमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी ३० औं स्थापना दिवसको सन्दर्भमा  झापा, सुनसरी, धनकुटा, बारा, मकवानपुर, दोलखा, चितवन, तनहुं, कास्की, पर्वत, नवलपुर, परासी र कैलाली जिल्लामा शुभकामना अदान प्रदान, हाजिर जवाफ, बतृत्व कला प्रतियोगिता, आंखा शिविर र जेष्ठ नागरिक सम्मान कार्यक्रम अयोजना गरेको क्युपेक महासचिब राजेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।


 कार्यक्रमको फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122195681270435116&type=3

क्युपेकद्वारा भक्तपुरमा सामाजिक सुरक्षा बिषयमा प्रशिक्षण सम्पन्न

जिफन्ट अवद्ध  क्युपेक - नेपालको आयोजनामा जेठ २९ गते भक्तपुरमा अनौपचारिक र स्वरोजगार श्रमिकहरुकालागि योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा प्रशिक्षण र सरोकारवालाहरु संग अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । 

भक्तपुर क्षेत्र नं.१ का माननीय रुकेश रन्जित , चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीको उपस्थीती रहेको कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, क्युपेक नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, उपाध्यक्ष योगेन्द्र शर्मा लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा प्रशिक्षित गर्नु भएको थियो ।
 

क्युपेक अध्यक्षमा राजेन्द्र बिष्ट निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक–नेपाल) को आठौँ राष्ट्रिय महाधिवेशनले राजेन्द्र बिष्टको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले भाद्र ५ गते महाधिवेशनको उद्धघाटन गर्नु हुंदै महाधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

सामाजिक सुरक्षा श्रमिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भए पनि अनौपचारिक क्षेत्रमा कार्यान्वयनको समस्या रहेको र श्रमिकको सीपलाई औपचारिक रूपमा प्रमाणीकरण गर्ने विषय अझै चुनौतीका रूपमा रहेको बताउनु भयो ।

बदलिँदो श्रम बजार र प्रविधिको युगअनुसार संगठनलाई नयाँ ढंगले परिमार्जन गर्दै निरन्तर सक्रिय बनाउनुपर्नेमा जोड दिंनुहुंदै श्रेष्ठले नयाँ पुस्तालाई ट्रेड युनियन आन्दोलनको नेतृत्व हस्तान्तरण गर्न लोकतान्त्रिक अभ्यासमा हुर्किएको र जिम्मेवारी बहन गर्न सक्षम नया पुस्ताको नेतृत्व तयार गर्नुपर्ने बताउनुभएको थियो । 

उद्धघाटन समारोहमा जिफन्ट उपाध्यक्ष सीता लामा, बिडब्लुअइ BWI एसिया प्रशान्त क्षेत्रीय संयोजक एपोलिनार टोलेनटीनो, काउन अध्यक्ष प्रदिप अचार्य, अंकु अध्यक्ष अमित लामा र जिफन्ट अवद्ध युनियनको तैफबाट नेष्ट अध्यक्ष माया गुरूङले महाधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । 

महाधिवेशनको फोटोहेर्न तलको लिंकमा क्लिक गर्नुहोेस् ।

https://www.facebook.com/media/set/?set=a.122203404932435116&type=3

https://www.facebook.com/media/set/?set=a.122203420820435116&type=3