नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक-नेपाल) भक्तपुर जिल्ला कमिटीको फागुण १७ गते सम्पन्न आठौं अधिवेशनले सुरेशमान मधिकर्मीको अध्यक्षतामा १७ सदस्य भक्तपुर जिल्ला कमिटी निर्वाचित गरेको छ ।
केन्द्रीय अध्यक्ष सान्ता बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनको बन्द शत्र महासचिव राजेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
अधिवेशनले जिल्ला प्रतिनिधी परिषद प्रमुखमा बालकृष्ण खाइतु, उपप्रमुख शिव कुमार थापामगर र सल्लाहकारमा सानुकान्छा लामा चयन गरेको छ ।

त्यसेगरी सोहीदिन सम्पन्न, क्युपेक नेपाल कास्की जिल्लाको पोखरा महानगर १६ नम्बर वडा कमिटिको ९ औं अधिवेशनले कबिराज बिश्वकर्माको अध्यक्षतामा ९ सदस्य कमिटि र दलमाया मगरको अध्यक्षतामा ५ सदस्य महिला कमिटि निर्बाचित गरेको छ ।
क्यूपेक नेपाल केन्द्रीय सचिब पुण्य प्रसाद उप्रतीको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित दुबै कमिटीलाइ क्यूपेक कास्की जिल्ला अध्यक्ष तिर्थराज मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।