सवारी लाइसेन्स धितो राखेर ऋण दिन मजदुरहरुको माग, उत्कृष्ट चालकलाई एक लाख नगद
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध यूनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) कास्की जिल्ला कमिटीले खेल खेलौ स्वस्थ बनौ, श्रमजिवी बर्ग बिच भाईचाराको सम्बन्ध बिस्तार गरौ भन्ने मुलनाराका साथ फागुन १५ गते देखी फुटवल प्रतियोगिता आयोजना गरेको छ ।

कास्की कप २०८१ तेस्रो सेभेन ए साईट नाममा संचालन हुने सो फुटवल प्रतियोगिताको जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले शुभारम्भ गर्नु भएको छ ।
पोखराको मालेपाटन खेल मैदानमा संचालन हुने उक्त प्रतियोगितामा ६ टिम सहभागी रहेको छ ।
क्यूपेक जिल्ला अध्यक्ष तिर्थ मगरको अध्यक्षतामा भएको उद्धघाटन समारोहको सञ्चालक बिशाल चौधरीले र स्वागत जिवन लामाले गर्नु भएको थियो ।