नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड युनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै युनियनमा स¨ठित गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा युनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर युनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर युनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर युनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर युनियन बिच एकीकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक–नेपालको स्थापना भएको हो । 

यस युनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होर्डिङ्ग बोर्ड तथा साईनबोर्ड निर्माण गर्ने, मार्बल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली, भवन सिंचाई नहर, सडक निर्माण गर्ने, ईटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने–बोक्ने–चाल्ने, ढलान गर्ने, ठूला–ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, काठ  तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई स¨ठित गर्दछ । निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो  । देशको १३ वटा अञ्चलको ५२ वटा जिल्लामा यस युनियनको विस्तार भइसकेको छ । क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टस“ग आबद्ध रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा २०५६ सालदेखि नै निमार्ण तथा काष्ठकर्मीहरूको  युनियन अन्तर्राष्ट्रिय संघ (बीडब्लुआई) स“ग आबद्ध रहेको छ ।

संबद्ध गतिविधिहरू

क्युपेक तनहुँको अध्यक्षमा बम बहादुर थापामगर निर्वाचित

जिफन्ट आबद्ध यूनियन क्यूपेक नेपाल तनहुँ जिल्लाको मंसिर २० गते सम्पन्न अधिवेशनले बम बहादुर थापामगरको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी निर्बाचित गरेको छ ।

क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न सो अधिवेशनमा नेकपा एमाले तनहुँ जिल्ला सचिब प्रदिप अधिकारी, क्यूपेक केन्द्रीय महासचिव राजेन्द्र बिष्ट, उपमहासचिव सोम बहादुर आले, सचिब पुण्य प्रसाद उप्रेती लगाएतका नेताहरूको उपस्थिति रहेको थियो । 
 

क्यूपेक केन्द्रीय कमिटीको ५५औं बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन क्यूपेक -नेपालको केन्द्रीय कमिटीको ५५औं बैठक अध्यक्ष सान्ता बस्नेतको अध्यक्षतामा मंसिर २५ गते बसेको छ । 

जिफन्ट महासचिव लक्ष्मण शर्माको उपस्थितिमा सम्पन्न सो बैठकमा आगामी कामको प्रस्ताव, आय–व्यय विवरण, संगठन सुदृढीकरण र सदस्य बिस्तार अभियान लगायतका विषयमा केन्द्रित रहेको थियो ।

जिफन्टको कायाकल्पका लागि अभियान–२०८१मा १३ हजार नयाँ सदस्य बिस्तार गर्नका लागि सातवटै प्रदेशमा प्रभावकारी रूपमा अभियान संचालन गरिने पनि बैठकबाट निर्णय गरिएको थियो । समय सापेक्ष प्रविधिको प्रयोग गर्दै अनलाइन माध्यमबाट भर्चुअल बैठक भएको थियो ।

 

क्यूपेक मोरङ्ग प्रतिनिधि परिषद् बैठक सम्पन्न

नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्यूपेक नेपाल मोरङ्ग जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठक सन्त बहादुर कुमालको अध्यक्षतामा मंसिर २६ गते सम्पन्न भएको छ । 

क्युपेक उपाध्यक्ष अम्विर लिङ्गदेनको प्रमुख आतिथ्यमा सम्पन्न सो परिषद् बैठकमा उपमहासचिव मुक्तिनाथ गिरी, जिफन्ट कोशी प्रदेश कमिटी सचिव सुर्यप्रकाश खवास, उपसचिव तथा प्रदेश महिला कमिटी अध्यक्ष डोमा गिरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । 

त्यसैगरी क्युपेक मकवानपुर जिल्लाको गढी गांउ कमिटीको मंसिर २८ गते सम्पन्न सातौँ अधिवेशनले बिल बहादुर स्यान्तानको अध्यक्षता ११ सदस्सीय कमिटी निर्वाचित गरेको छ । 
 

क्यूपेक बारा जिल्ला अध्यक्षमा श्रीपालदाश तम्मा निर्वाचित

नेपाल बिजुली पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्यूपेक नेपाल बारा जिल्लाको मंसिर २९ गते जिफन्ट सभा हल सिमरामा सम्पन्न छैटौँ अधिवेशनले श्रीपालदाश तम्माको अध्यक्षतामा १५ सदस्य कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झाले अधिवेशन सफलताको शुभकामना दिनु हुंदै जिफन्टले पुस १ गते देखी संचालन गर्न लागेको कायाकल्पका लागी जिफन्टको अभियान २०८१को प्रकाश पार्नु भएको थियो ।

क्यूपेक जिल्ला अध्यक्ष सिह बहादुरको अध्यक्षतामा भएको अधिवेशन उद्धधाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती चौधरी, क्यूपेक केन्द्रीय उपाध्यक्ष मान बहादुर वि क, सदस्य शोभा खतिवडा 'जिफन्ट  प्रदेश सचिव मुक्ति चौधरी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन धनेश्वर कुशवाहाले गर्नु भएको थियो ।
 

क्यूपेक-नेपाल बर्दिया जिल्लामा योजना बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अगामी पुस १ गते देखी  संचालन गर्ने कायाकल्पका लागी जिफन्टको अभियान २०८१को सन्दर्भमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निमार्ण मजदुर यूनियन क्यूपेक-नेपाल बर्दिया जिल्ला कमिटीले आफ्ना संरचना तथा सदस्यहरूलाई परिचालन गर्न  पुस ३ गते योजना बैठक बसेको छ । 

जिल्ला अध्यक्ष कविराम बि.कको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण बहादुर केसीले अभियानको संचालनको महत्व र उद्धेश्यमाथी प्रकास पार्नु भएको थियो । 

त्यसैगरी क्यूपेक महासचिब राजेन्द्र विष्टले केन्द्रीय कमिटीको ५५ अं बैठकको निर्णय र योगदानमा अधारीत सामाजिक सुरक्षा माथि प्रकाश पार्नु भएको बैठकमा केन्द्रीय सचिव पदम बुढामगर, केन्द्रीय सदस्य मनिराम ढुङगाना र जिफन्ट लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया इन्चार्ज दुर्गा बहादुर के.सी.को समेत सहभागिता रहेको थियो ।
 

क्यूपेक-नेपाल काठमाडौँ महानगर र पोखरा महानगरको १५ नं. वडाको अधिवेशन सम्पन्न

नेपाल बिजुली ,पेन्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) काठमाडौँ महानगर कमिटीको फागुण १० गते सम्पन्न तेस्रो अधिवेशनले पुर्णमान महर्जनको अध्यक्षतामा १३ सदस्यीय महानगर कमिटी निर्वाचित गरेको छ ।

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) सचिव बेलीमाया घलेको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा क्यूपेक-नेपाल केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्मा, महासचिव राजेन्द्र विष्ट, सदस्य मिङमार गोपाल शेर्पा, जिफन्ट बागमती प्रदेश सहसचिव गोपाल कार्की लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य  राख्नु भएको थियो । 

त्यसै गरी सोही दिन क्युपेक नेपाल कास्की जिल्लाको पोखरा महानगरको १५ नं वडाको ७ औ अधिवेशन सम्पन्न भयो ।

अधिवेशनले टक खुलाल मगरको अध्यक्षतामा ९ सदस्य कमिटी चयन गरेको छ ।