क्यूपेक नेपाल म्याग्दी र मकवानपुर जिल्ला अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध क्यूपेक नेपालको माघ २८ गते बेनीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले जित बहादुर किसानको अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ । 

क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा भएको सो अधिवेशनमा, महासचिव राजेन्द्र बिष्ट,  सचिव बलादेवी राई लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । 

त्यसैगरी फागुन २ गते हेटौडामा सम्पन्न क्यूपेक-नेपाल मकवानपुर जिल्लाको आठौं अधिवेशनले बुद्ध बि.क.को अध्यक्षतामा १९  सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।

बागमती प्रदेश श्रममन्त्री प्रेम भक्त महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय अध्यक्ष शान्ता बस्नेत  लगायतका केन्द्रीय अतिथिहरूको सहभागिता रहेको थियो । 
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम