पेण्टर र बिजुली श्रमिकहरूको लिड परीक्षण

नेपाल ट्रेड युनियन म महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर युनियन (क्यूपेक नेपाल) केन्द्रीय कमिटीको आयोजनामा कार्तिक २७ गते काठमाण्डौं को अनामनगर स्थित, जिफन्ट स्कुलमा पेन्टिङ पेशामा कार्यरत पेण्टर र बिजुली श्रमिकहरूको लिड चेक गरेको छ ।

क्यूपेक नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा : Samyak Diagnostic का डाक्टर विवेक पन्त‌ले पेन्टिङ, तथा इलेक्ट्रिक पेशामा लामो समयदेखि काम गर्न श्रमिकहरूमा सुगर, प्रेसर जस्तै साइलेन्स डिजिज देखा पर्ने र यसले स्नायु प्रणालीमा ठुलो असर पार्ने हुनाले यसको उपचार समयमा नै  रोकथाम गर्न सकिने भएको ले यसका लागि लिड परीक्षण आवश्यक भएको जानकारी गराउनु भयो । 

क्यूपेक नेपाल केन्द्रीय महासचिव राजेन्द्र बस्नेतले संचालन गर्नु भएको लिड परीक्षण कार्यक्रममा २३ जना श्रमिकहरूले परीक्षण " गर्नु भएको थियो ।