राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कोशी प्रदेशले तिहार, नेपाल सम्बत् तथा छठ पर्वको उपलक्ष्यमा कार्तिक ९ गते विराटनगरमा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले नेपालीहरुको चाडपर्वले सामाजिक सद्भभाव कायम गरेको भन्नु हुँदै महिलाहरुको स्तर उन्नति र क्षमता अभिवृद्धि गर्दै स्वरोजगार बनाउन महानगरपालिका लागि परेको बताइन् ।

कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले नेपालीहरूको राष्ट्रिय चाडपर्वले भाइचार कायम गरेको भन्नु हुँदै तिहार, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना ब्यक्त गर्नु भयो ।
अध्यक्ष धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोष तीन तहको सरकारले कार्यान्वयन गरेर अगाडी लैजानुपर्नेमा उनले जोड दिनु भयो ।

कार्यक्रमका सभाध्यक्ष नाबुन कोशी प्रदेशकी अध्यक्ष कला डाँगीले चाडपर्वहरुले नेपाली समाजलाई समुन्नत बनाउन, सामाजिक सहिष्णुता र सद्भभाव कायम गर्न ठुलो सहयोग मिल्ने बताउनु भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपमहासचिब ममता प्रधान, जिफन्ट कोशी प्रदेश उपाध्यक्ष मनोज मगर, नाबुन विराटनगर महानगरकी अध्यक्ष भली सुब्बा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकालागी लिंकमा क्लिक गर्नु होस् ।
https://www.facebook.com/media/set/?set=a.122125273034435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपाल उदयपुर इकाई कमिटी सदस्य स्वर्गीय बेद मणी तिम्सिनाको परिवारलाई ओम्स नेपालले १ लाख ३६ हजार १९५ रूपया आर्थिक सहयोग प्रदान गरेको छ ।
ओम्स नेपाल केन्द्रीय उपमहासचिव बाबुराम पोखरेलको नेतृत्वमा कार्तिक ६ गते स्वर्गीय तिम्सिनाको निवासमा आयोजित संक्षिप्त श्रद्धाञ्जली सभामा सो रकम हस्तान्तरण गरेको हो
घर आधारित श्रमिकहरूको अन्तर्राष्ट्रिय दिवस २० अक्टोबरको सन्दर्भमा नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा स्थानीय तहमा श्रमिक पंजिकरण सम्बन्धी असल कामहरूको अनुभव आदान प्रदान कार्यक्रम कार्तिक ३ गते काठमाण्डोमा सम्पन्न भयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा, टोखा नगरपालिका प्रकाश अधिकारी, बुढानिलकण्ठ नगरपालिका उपमेयर अनिता लामा, कामनपा ३२ वडा अध्यक्ष नवराज पराजुली, चाँगुनारायण नगरपालिका ३ नं वडा अध्यक्ष स्याम सुन्दर धिमाल र दक्षिणकाली नगर सभा सदस्य सम्झना दनुवार लगायतका जनप्रतिनिधिहरू उपस्थित थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान श्रम बजारको अवस्थाका बारेमा चर्चा गर्नु हुँदै असल कामहरूको निरन्तरताका लागी स्थानीय तह सँगको सहकार्य महत्त्वपूर्ण भएकोमा जोड दिनुहुँदै अगामी दिनमा श्रमिकहरूको मूल मुद्दा भनेको योगदानमा आधारित सामाजिक सुरक्षा रहेकोले यस्कालागी श्रमिक पंजिकरण पहिलो प्राथमिकता रहेकोमा बताउनु भयो ।
बिभिन्न क्षेत्रबाट सहभागी घरेलु श्रमिकहरू बुढानीलकण्ठकी निर्मला धिमिरे, कागेश्वरी मनोहराकी शान्ति श्रेष्ठ, गोकर्णेश्वरकी माया थापा, चन्द्रागिरिकी ललिता अधिकारी, नागर्जुनकी गिता लामा र काठमाण्डो महानगरकी मिली श्रेष्ठ लगायतले स्थानीय तहमा घरेलु तथा घर आधारित श्रमिकहरूले भोग्दै आएका समस्या तथा स्थानीय तहमा श्रमिक पन्जीकरण र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयकालागी पालीकाहरूको योजनाका बारेमा जनप्रतिनिधिहरू समक्ष जिज्ञासा राखेका थिए ।
घरेलु श्रमिकहरूले राख्नु भएको जिज्ञासालाइ सम्बोधन गर्नु हुँदै टोखाका नगर प्रमुख प्रकाश अधिकारीले आफू श्रम र श्रमिकको पक्षमा सम्मान गरिरहने बताउनु हुँदै श्रमिकको अधिकारकालागी संगठीत शक्तीको बिकल्प नभएकोले बताउनु भयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो नगरले श्रमिकको पन्जिकरणको ब्यवस्था गरिसकेको बताउनु हुँदै पन्जीकृत श्रमिकहरूलाइ क्रमशः सेवा सुविधा बिस्तार गर्दै लाने बताउनु भयो ।
काठमाडौँ महानगर पालिका ३२ का वडा अध्यक्ष नवराज पराजुलीले श्रमिक र जनप्रतिनधीहरूको नियमित संवादले समस्यालाई समाधान गर्न मद्दत मिल्ने बताउनु भएको कार्यक्रममा हुन अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चन्द्र सागर लामाले गृह श्रमिकहरूको वर्तमान अवस्था र हुनको योजनाकोबारेमा बताउनु भएको थियो भने कार्यक्रमको संचालन हुन महासचिव ज्ञानु केसीले गर्नु भएको थियो।
कार्यक्रमको फोटाोकालागी लिंकमा क्लिक गर्नुहोस ।
https://www.facebook.com/media/set/?set=a.122124016022435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन स्पोर्ट्स युनियन नेपाल (सन)ले असोज २४ गते पुतलीसडक स्थित जिफन्ट सभाहलमा एक कार्यक्रमको आयोजना गरी खुल्ला अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई बिदाइ र गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडीलाई सम्मान गरेको छ ।

अजरबैजानमा अक्टोबर १७ देखि २० सम्म आयोजना हुने खुल्ला अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिप प्रतियोगितामा सहभागि हुने टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापकमा स्पोर्ट्स युनियन नेपाल (सन)का काठमाण्डो जिल्ला अध्यक्ष वीरकृष्ण महर्जन रहेका छन् ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले खेलाडीहरू पूजा लामा, विनिश महर्जन, ज्ञानेन्द्र हमाल, वीरचन्द्र नकर्मी र सतिश बलामी रहेको टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु हुँदै प्रतियोगितामा सफलताको लागी शुभकामना दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा फुटबल खेलमा १ घण्टामा नौ हजार २१८ पटक टच गरी विश्वकिर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल टोखाका फुटबल खेलाडी सजन डंगोललाई जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सम्मान पत्र प्रदान गरिएको थियो ।

स्पोर्ट्स युनियन नेपाल (सन)का अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा, जिफन्ट उप महासचिव नरनाथ लुर्इटेल, राष्ट्रिय कमिटी सदस्य सुमन पराजुली, नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटी, नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य मणिराज डंगोल लगायतका अतिथिहरूले प्रतियोगितामा सहभागी टोलीलाई शुभकामना तथा गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडीलाई बधाई दिनु भएको थियो ।
स्पोर्ट्स युनियन नेपाल (सन)का महासचिव सुदिप शर्माले संचालन र उपाध्यक्ष युवराज जिरेलले स्वागत गर्नु भएको सो कार्यक्रममा टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापक वीरकृष्ण महर्जन प्रतियोगिताको बारेमा र गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडी सजन डंगोलले आ–आफ्नो अनुभबको बारेमा बताउनु भएको थियो ।
थप फोटोकोलागि लिंकमा क्लीक गर्नु होस ।
https://www.facebook.com/media/set/?set=a.122122658378435116&type=3
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा 'घरेलु श्रमिक पन्जिकरण तथा योगदान आधारित सामाजिक सुरक्षा सम्बन्धी १ दिने राष्ट्रिय कार्यशाला असोज १९ गते अनामनगर स्थित जिफन्ट स्कुलमा सम्पन्न भएको छ ।
कार्यशाला प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले योगदान आधारित सामाजिक सुरक्षामा सबै श्रमिकहरु सहभागी हुनको निम्ति युनियनको स्थानीय तह सम्मको कमिटीहरु सक्रिय हुनु पर्ने भन्नु हुँदै केही चुनौतीहरू बिचमा पनि महासंघले सामाजिक सुरक्षा लागु गर्न अगुवाई गर्दै अनौपचारिक क्षेत्रबाट सुरू गर्दै अनौपचारिक क्षेत्र र हाल बैदेशिक रोजगारको क्षेत्र सम्म समेत्न सफल भएको बताउनु भयो।
जिफन्टले योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा चार बर्ष भित्र 'मिसन टु मिलिनियम 'अर्थात २० लाख श्रमिकहरूलाई सहभागी गराउने अभियान अन्तर्गत अन्तरगत हाल १६ लाख भन्दा बढी श्रमिकहरू सुचिकृत भैसकेको बताउँदै अब कोषलाई सेवा सुबिधा र व्यवस्थापनको हिसाबले समयनुकुल बनाउँदै लैजानु पर्नेमा जोड दिनु भयो।
कार्यशालामा बागमती प्रदेस सभा सदस्य तथा हुनका संस्थापक अध्यक्ष माननीय बिन्दु श्रेष्ठले आफुहरुको पहलमा प्रदेस सरकारले आफ्नो नीति तथा कार्यक्रममा योगदानमा आधारीत सामाजिक सुरक्षालाई समावेश गरी बजेट विनियोजन गरेको बताउनु हुँदै यस्लाइ अझ प्रभावकारी बनाउन आगामि दिनहरुमा ट्रेड युनियनहरूसंग थप छलफल र सहकार्यमा अगाडी बढ्ने प्रतिबद्धता जनाउनु हुँदै बागमती प्रदेस तहमा श्रम सल्लाहाकार परिषद गठन गर्न पहल भैरहेको र यसमा श्रमिकको क्षेत्रबाट ट्रेड युनियनहरु पनि सहभागी गराउन पहल गरिरहेको समेत जानकारी दिनु भयो ।
त्यसैगरी बागमती प्रदेस सभा सदस्य माननीय सकुन्तला श्रेष्ठ, माननीय बाल कुमारी बि.क र माननीय माया कार्कीले श्रम र श्रमिकको पक्षमा हरपल कम गरिरहेने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै यस प्रकारको कार्यक्रमले आफुहरु नीति निर्माण तहमा श्रमिकका मुद्धाहरूलाइ उत्थान गर्न मद्दत मिल्ने बताउँदै कार्यक्रममा सहभागी गराएकोमा खुशि ब्यक्त गर्नु भएको थियो ।
कार्यशालामा योगदान आधारित सामाजिक सुरक्षा कोषको सहायक निर्देशक राधिका निरौलाले घरेलु श्रमिक तथा अनौपचारिक र स्वरोजगार श्रमिकहरु कोषमा सहभागी हुनको निम्ति हाल भएको ब्यवस्था र प्रक्रियाको सम्बन्धी र योगदान आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत भए पछी पाउने सुविधाहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाले कार्यशालाको अध्यक्षता गर्नु हुँदै युनियनको वर्तमान अवस्था र आगामी योजनाकाबारे जानकारी गराउनु भएको थियो ।
हुन महासचिव ज्ञानुमाया क्षेत्रीले सन्चालन गर्नु भएको उक्त कार्यशालामा जिफन्ट उपध्यक्षहरु बिदुर कार्की , जितेन्द्र श्रेष्ठ महासचिव लक्ष्मण शर्मा सचिवहरु कृष्ण केसी र तारानिधि पन्त सहभागी रहेको थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखा जिल्ला कमिटिले असोज १३ गते एक विज्ञप्ती जारी गर्दै गत १० गतेबाट सुरु भएको अविरल वर्षाका कारण वाढी–पहिरो, डुवान, सवारी दुर्घटना र विभिन्न क्षेत्रमा राजमार्ग अवरुद्द भई परेको असरले भएको क्षतीबारे दुख व्यक्त गरेको छ ।
साथै गोरखा जिल्लाको धार्चे गाउपालिका लापवेशीबाट सदस्य मदन दमाईले चलाएको बा ४ ख २२७० को यात्रु बाहक बस काठमाडौं जाने क्रममा धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा चालक, सह-चालक र यात्रु सहित पांच जना मृत अवस्थामा भेटिएकोले सम्वन्धित निकायले तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न जोडदार माग गरेको छ ।