Home Affiliates Activities

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा रामवरण यादव

उदयपुर सिमेन्ट उद्योग लिमिटेड, समग्र उद्योग ट्रेड युनियन (ह्वीन)नेपालको १३ औ अधिवेशनवाट रामवरण यादवको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ । 

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिफन्ट सचिव कृष्ण के.सी, कोशी प्रदेश अध्यक्ष किशोर धमला, (ह्वीन)नेपाल उपाध्यक्ष मनोज मगर, राष्ट्रिय कमिटी सदस्य माया भण्डारी र नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य अम्विका थापाको उपस्थिति रहेको थियो । 

अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले निर्वाचित कमिटीले अब यस उद्योगलाई सर्वदलीय छलफल मार्फत दीर्घकालीन समाधानका उपाएको खोजी गर्दै ऐन बमोजिमको सेवा र सुविधामा श्रमिकको पहुँच ग्यारेन्टी गर्नु पर्ने कुरा बताउनु भयो ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा उपचार सहयोग प्रदान

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले बा २ ज १९२३ का ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमति लक्ष्मी सुनुवारको उपचारका लागि १ लाख ६० हजार ५ सय ६५ रुपैया सहयोग गरेको छ ।

असोज ११ गते आयोजित कार्यक्रममा संगठनका सदस्य अमर सुनुवारलाई अध्यक्ष भीमज्वाला राईले उक्त रकम हस्तान्तरण गरेको थियो । 
 

क्युपेक नेपाल झापा जिल्लाको अध्यक्षमा निरानन्द गिरी निर्वाचित

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) झापा जिल्ला कमिटीको ९ औँ अधिवेशन गंगा पासवनको अध्यक्षतामा असोज ५ गते सम्पन्न भयो ।

केन्द्रीय अध्यक्ष शान्ता बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले निरानन्द गिरीको अध्यक्षतामा १७ सदस्य कमिटीको निर्वाचित गरेको छ । 

नेपाल चिया कफि श्रमिक युनियन केन्द्रीय अध्यक्ष सन्त कुमार रार्इ, क्युपेक उपाध्यक्ष अम्बीर लिङदेन, महासचिब राजेन्द्र बिष्ट, उपमहासचिव मुक्तिनाथ गिरी, जिफन्ट कोशी  प्रदेश उपसचिव हरी अधिकारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव देवी भट्टराई, लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो  । 

जिल्ला कमिटी सचिव निरानन्द गिरीले संचालन, उपाध्यक्ष लक्ष्मी घिमिरेले स्वागत गर्नु भएको  अधिवेशन उद्घाटन समारोहमा झापा जिल्लाका अग्रज क्युपेक नेपालका सदस्य रजवाला राजवंशी, रेणुका तामाङ र नर बहादुर भुजेललाई सम्मान पनि गरेको थियो ।
 

नाबुन दुहबी नगर कमिटीले जितिया पर्व मनायो

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) दुहबी नगर कमिटीले जितिया पर्व मनाएको छ ।

नगर कमिटी अध्यक्ष चानु माझीको अध्यक्षतामा असोज ५ गते सुनसरीको दुहबीमा सांस्कृतिक कार्यक्रम सहित जितिया पर्व मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख बेद नारायण गच्छेदारले सांस्कृतिक पर्वले समाजमा भाइचारा कायम गरेर अगाडी बढ्ने बताउनु हुँदै सौन्दर्यकर्मीहरुले आयोजना गरेको यस्तो कार्यक्रमलाई नगरपालिकाले पनि साथ सहयोग गरेर अगाडी बढ्ने भन्दै महिलाहरु चुलोचौकामा मात्रै व्यस्त नभएर त्यसभन्दा अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा जिफन्ट कोशी प्रदेश युवा कमिटी अध्यक्ष भली सुब्बाले नाबुनले सामाजिक कामसँगै समाजमा भाइचारा कायम गर्न सांस्कृतिक कार्यक्रम पनि गरेर अगाडी बढ्ने गरेको बताउँदै जितिया पर्वमा यस्तो सांस्कृतिक कार्यक्रमहरुले महिलाहरुको प्रतिभा उजारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो  ।

दुहबी नगरपालिकाका उद्यम शाखा प्रमुख दिवेश चौधरी, नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान,  जिफन्ट महिला कमिटीकी सचिव सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल लगायत अतिथिहरू सहभागी उक्त कार्यक्रमको संचालन नाबुन प्रदेश सदस्य नविना तबदारले र स्वागत मन्तव्य निर्मला चौधरीले गरेकी थिइन् । 
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नयाँ बसपार्क र सफा टेम्पु इकाई कमिटी गठन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले नयाँ बसपार्कमा रहेको बुकिङ चेकिङमा काम गर्ने मजदुरहरुको असोज ४ गते सम्पन्न भेलाले  खगेन्द्र बस्नेतको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । 

संगठनका अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा उपाध्यक्ष नवराज घिमिरे र विष्णु लामा, महासचिब केशव थापा निरू, बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतका अतिथिहरूको  उपस्थिति रहेको थियो ।

त्यसैगरी संगठनको शंखमुल नारायणटार कपन आरुबारी सफा टेम्पु इकाई कमिटीको असोज ३ गते सम्पन्न भेलाले कृष्ण थापा मगरको अध्यक्षतामा ८ सदस्यीय कमिटी पुनरगठन गरेको छ।

संगठन केन्द्रीय सदस्य एवम् सफा क्षेत्रको इन्चार्ज कमल सापकोटाको प्रमुख आतिथ्यमा बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिबालय सदस्यहरु कमरेड काइँला श्रेष्ठ, तिर्थमाया लामा र काठमाडौँ सफा जिल्ला कमिटिका अध्यक्ष बिकाश लामा भेलामा सहभागी रहनु भएको थियो ।
 

यात्रुहरुलाई प्रभावकारी सेवा बारे साझा प्रतिवद्धता

चाडपर्वमा यात्रुहरुको प्रभावकारी सेवा र यातायात मजदुरहरुको भूमिकाका विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटीले असोज ५ गते कोटेश्वरमा छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 

काठमाकाण्डौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विश्वराज खड्काले साझा प्रतिबद्धता गराइएको छ । 

अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका सल्लाहकार डोलनाथ खनाल लगायतले शुभकामना दिनुभएको कार्यक्रममा चाडपर्वका समय यात्रुहरुको सेवालाई प्रभावकारी बनाउन यात्रुमैत्री व्यवहार, यात्रु तानातान नगर्ने र त्यस्ता कार्यलाई निरुत्साहित गर्ने, तोकिएको वा निर्धारण गरिएको भन्दा बढी भाडा नलिने साझा प्रतिवद्धता जनाएको छ । 

त्यसैगरी अशक्त, अपाङ्गता, जेष्ठ नागरिक, महिला र बालबालिकालाई सहयोग र सम्मान, परिचयपत्र तथा पोशाक लगाएर मात्रै काम गर्ने, काउन्टरमा शौचालय, खानेपानी, बस्ने व्यवस्था, इन्टरनेटको व्यवस्था र बुकिङ काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, बीचबाटोमै यात्रु अलपत्र हुने गरी गन्तव्य स्थान ढाँटेर टिकट नकाट्ने  लगायतका १४ वटा बिषयमा यात्रुहरूलाई प्रभावकारी सेवा दिन साझा प्रतिबद्धता जनाएको हो ।