नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन) ले असार ६ गते ललितपुर जिल्लाको इमाडोलमा सम्पन्न गृह श्रमिक भेलाले मिना तिमल्सीनाको अध्यक्षतामा ७ सदस्य इमाडोल इलाका कमिटी गठन गरेको छ ।
हुन केन्द्रीय अध्यक्ष ज्ञानुमाया क्षेत्री ले अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस आईएलओ महासन्धिको महत्व र आवश्यकता, श्रमिक आन्दोलनमा टे«ड युनियनको भुमिका र संगठनको महत्वको बारेमा प्रकाश पार्नुभएको भेलामा, महासचिब हिरा केसी र सदस्य गोमा भण्डारी लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले असार ५ गते घरेलु श्रमिक, घर आधारित श्रमिक, पिस–रेटमा काम गर्ने श्रमिक तथा अन्य अनौपचारिक क्षेत्रका श्रमिकहरुको मर्यादित कामको सुनिश्चिताको माग गर्दै काठमाडौं महानगरपालिका प्रमुख समक्ष ज्ञापनपत्र पेश गरेको छ ।
हुन अध्यक्ष ज्ञानु केसीको नेतृत्वमा काठमाडौं महानगरपालिकाका सौरभ गौतम समक्ष पेश गरेको ज्ञापनपत्रमा महानगरभित्र कार्यरत घरेलु तथा घर आधारित श्रमिकहरूको तथ्याङ्क संकलन र दर्ता , श्रमिक परिचयपत्र वितरण सामाजिक सुरक्षा कोष तथा अन्य सामाजिक सुरक्षा योजनामा घरेलु र घर आधारित श्रमिकलाई समेट्नु पर्ने लगायतमा बिषय ज्ञापनपत्र समेटिएको छ ।
नेपाल ट्रेड युनिनयन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) तारकेश्वर नगर कमिटीले असार ५ गते दक्षता अभिवृद्धि कार्यक्रम अन्तर्गत ड्रयाग प्रुफ मेकअपको तालिम आयोजना गरेको छ ।
नावुन तारकेश्वर नगरकमिटी अध्यक्ष ईन्दिरा रायमाझीको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा नावुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मी पेशामा संलग्न सबै पेशाकर्मीहरूलाइ एउटै छातामुनी संगठित गर्दै पेशागत हकहितका निमित्त नाबुनले आवाज बुलन्द गर्नुका साथै पेशागत क्षमता अभिवृद्धिका लागी संगठनले भुमिका खेल्दै अइरहेको बताउनु भएको छ ।
ड्रयाग प्रुफ मेकअपको तालिम संचालन नाबुन बाग्मती प्रदेश अध्यक्ष करूणा पुरी र करूणा ओलीले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासघ जिफन्ट आवद्ध नेपाल कृषि श्रमिक संघ (फान) कैलाली जिल्ला कमिटिको आयोजनामा असार ३ गते गोदावरी नगरपालिका–३, चौकीडाँडामा जिल्ला स्तरीय भेला सम्पन्न गरेको छ ।
जिल्ला अध्यक्ष नेहा साउदको अध्यक्षतामा सम्पन्न भेलामा जिफन्ट सुदुर पश्चिम प्रदेश अध्यक्ष जित मल्ल, फान केन्द्रीय अध्यक्ष पुर्ण के सि, सचिव हिरा बिष्ट लगाएतको उपस्थिति रहेको थियो ।
रेखा रोकाय बिष्टले संचालन गर्नु भएको भेलामा संगठन सुदृढीकरण तथा सदस्यता विस्तार अभियान बारे छलफल भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) चन्द्रागिरी नगर कमिटीद्वारा असार १ गते दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मी क्षेत्रमा संगठनको महत्व र पेशागत क्षमता अभिवृद्धिकालागि नाबुनको भुमिका बारेमा प्रकाश पार्नु भएको थियो ।
नाबुन चन्द्रागिरी नगर अध्यक्ष पुनम खड्का क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दक्षता अभिवृद्धि कार्यक्रम अन्तरगत स्किन सम्बन्धी कार्यक्रम संचालन उपाध्यक्ष उषा खड्काले गर्नु भएको थियो ।
नाबुन केन्द्रीय सदस्य ईश्वरी क्षेत्री लगायतका अतिथीहरूको उपस्थीती रहेको कार्यक्रममा सहभागिहरूलाइ प्रमाणपत्र वितरण तथा सदस्यता नवीकरण र बितरण अभियान पनि संचालन गरेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले जेठ ३० गते एक कार्यक्रमको आयोजना गरी १७ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको उपलक्षयमा दिप प्रज्वलन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना ब्यक्त गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले बर्तमान अवस्थामा नेपालको ट्रेड युनियन आन्दोलनको अवस्थाको बारेमा प्रकाश पार्नु हुंदै आन्दोलनमा देखीएका चुनौतीहरूलाइ सामना गर्न जिफन्ट र आवद्ध युनियनले खेल्नु पर्ने भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेभा अध्यक्ष गिता थिंङले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
युनियनका कार्यबाहाक अध्यक्ष राजेन्द्र सिङ्ग ठकुरीको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा महासचिब उमेश बर्तौलाले संचालन र सचिब रबिन्द्र खड्रकाले स्वागत मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी यूनियनको १७औ स्थापना दिवसको सन्दर्भमा जेष्ठ ३१ गते, हिमालय आँखा अस्पताल प्रतिष्ठान, पोखराले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङ्, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री, संगठन केन्द्रिय सदस्य शशिकमला लामिछाने, अस्पताल ब्यवस्तापक कुमार गर्बुजाले स्थापना दिवसको सन्दर्भमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अस्पताल प्रतिष्ठान अध्यक्ष गोबिन्द नाथ योगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अनिल कुमार सिंहले र स्वागत उपाध्यक्ष सकुन्तला श्रेष्ठले गर्नु भएको थियो ।