हुन इमाडोल इलाका अध्यक्षमा मिना तिमल्सीना चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन) ले असार ६ गते  ललितपुर जिल्लाको इमाडोलमा सम्पन्न गृह श्रमिक भेलाले  मिना तिमल्सीनाको अध्यक्षतामा ७ सदस्य इमाडोल इलाका कमिटी गठन गरेको छ । 

हुन केन्द्रीय अध्यक्ष ज्ञानुमाया क्षेत्री ले अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस आईएलओ महासन्धिको महत्व र आवश्यकता, श्रमिक आन्दोलनमा टे«ड युनियनको भुमिका र संगठनको महत्वको बारेमा प्रकाश पार्नुभएको भेलामा, महासचिब हिरा केसी र सदस्य गोमा भण्डारी लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।