नाबुन चन्द्रागिरीद्वारा दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) चन्द्रागिरी नगर कमिटीद्वारा असार १ गते दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मी क्षेत्रमा संगठनको महत्व र पेशागत क्षमता अभिवृद्धिकालागि नाबुनको भुमिका बारेमा प्रकाश पार्नु भएको थियो । 

नाबुन चन्द्रागिरी नगर अध्यक्ष पुनम खड्का क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दक्षता अभिवृद्धि कार्यक्रम अन्तरगत स्किन सम्बन्धी कार्यक्रम संचालन उपाध्यक्ष उषा खड्काले गर्नु भएको थियो ।

नाबुन केन्द्रीय सदस्य ईश्वरी क्षेत्री लगायतका अतिथीहरूको उपस्थीती  रहेको कार्यक्रममा सहभागिहरूलाइ प्रमाणपत्र वितरण तथा सदस्यता नवीकरण र बितरण अभियान पनि संचालन गरेको थियो  ।