अन्तर्राष्ट्रिय यातायात श्रमिक महासंघ (ITF) को आयोजनामा जुन २४ देखी लण्डनमा पर्यटन क्षेत्रको सेवा सम्बन्धी सम्मेलन सुरू भएको छ ।
सम्मेलनमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवद्ध युनियन युनिट्राभ अध्यक्ष सुमन पराजुलीले भाग लिनु भएको छ ।
सम्मेलनमा युनिट्राभ अध्यक्ष सुमन पराजुलीले नेपालको लोकतन्त्र तथा ट्रेड युनियन माथि भइरहेको हस्तक्षेप, सामाजिक सुरक्षा, पर्वतारोहण श्रमिकको शेवा सुबिधा, प्रशिक्षार्थी, १० प्रतिशत शेवा शुल्क, नागरिक उड्डयन क्षेत्र को समस्या र जेन्जि आन्दोलन पछि नेपालको अवस्थाका बारेमा नेपालको तर्फबाट प्रस्तुत गरेको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारीसाधनको दर्ता तथा नवीकरण गर्दा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्न माग गर्दै देशभरका यातायात व्यवस्था कार्यालयहरूको ध्यानाकर्षण गराएको छ।
संगठनले असार १० गते देशभरका यातायात व्यवस्था कार्यालयहरूमा चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार सरकारले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने नीति लिइसकेको अवस्थामा यातायात क्षेत्रमा कार्यरत मजदुरलाई पनि अनिवार्य रूपमा सामाजिक सुरक्षामा आबद्ध गरिनुपर्ने आवश्यकता रहेको छ।
ध्यानाकर्षण पत्रमा सवारी दर्ता, नवीकरण लगायतका कागजात अद्यावधिक गर्दा सम्बन्धित कम्पनी वा व्यवस्थापकले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरिएको छ।
त्यसैगरी यातायात व्यवस्था कार्यालयहरूमा हुने अस्वाभाविक भीडभाड अन्त्य गर्न, बिचौलियाको प्रभाव नियन्त्रण गर्न तथा सेवाग्राहीले भोग्नुपरेका प्रशासनिक झन्झट र हैरानी हटाई सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउनुपर्ने माग पनि संगठनले गरेको छ।
संगठनले कार्यालयबाट प्रदान हुने सेवामा भौतिक उपस्थितिको अनिवार्यता हटाई प्रविधिमैत्री तथा क्यासलेस प्रणालीमार्फत सेवा प्रवाह गर्नुपर्ने, पारदर्शिता बढाउनुपर्ने र कर्मचारीलाई थप जिम्मेवार बनाउने व्यवस्था लागू गर्नुपर्ने मागसमेत अघि सारेको छ।
यस्तै, सवारीसाधन दर्ता तथा रुट इजाजत प्रदान गर्दा विद्यमान कानुनी व्यवस्था, यात्रु चाप, आवश्यकताका आधार र सवारीसाधनको प्रकृतिलाई ध्यानमा राखेर मात्र अनुमति दिनुपर्ने विषय पनि ध्यानाकर्षण पत्रमा समावेश गरिएको छ।
संगठनको निर्णयअनुसार बुधबार बिहान एकै समयमा विभिन्न प्रदेश र जिल्लाका यातायात व्यवस्था कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइएको थियो। बागमती प्रदेश यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा कार्यालय प्रमुख पवित्र कुँवरलाई संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

नेपाल ट्रेड युनिनयन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार ९ गते संगठनको ४७ औँ स्थापना दिवस देशभर बिविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
संगठन गण्डकी प्रदेशले २०८२ सालको SEE परिक्षा सहभागी भइ उतिर्ण संगठनका सदस्यका छोरा छोरीलाई सम्मान, संगठनमा निरन्तर क्रियाशिल ६0 बर्ष उमेर पुगेका चालकलाइ सम्मान र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
प्रदेश अध्यक्ष बेनीराज थिङको अध्यक्षता सम्पन्न कार्यक्रममा जिफन्ट पुर्ब उपाध्यक्ष तथा संगठनका पुर्ब केन्द्रिय अध्यक्ष चुडामणी जंगली लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।
त्यसैगरी कोशी प्रदेशको धरानमा रक्तदान, अपांग बालबालिकाको लागि खाधन्न बितरण र दिप प्रज्वलन कार्यक्रम र बिराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
स्थापना दिवस कै सन्दर्भमा सुदुर पस्चीम प्रदेशको धनगढी बसपार्कमा शुभकामना आदान प्रदान कार्यक्रम सहित ट्राफिक सुरक्षा, सडक अनुशासन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष प्रशिक्षण, रक्तदान र बसपार्क सरसफाइ समपन्न गरेको छ भने कन्चनपुर जिल्लाको महेन्द्रनगर बसपार्कमा रक्तदान, शुभकामना आदान प्रदान कार्यक्रम, निःशुल्क आँखा परीक्षण र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
त्यसैगरी काठमाणडैमा शुभकामना आदान प्रदान, रक्तदान, सफा ट्याम्पु पार्क सरसफाइ, हाजिरी जवाफ र बिभिन्न्न बस तथा ट्याम्पु पार्क हरूमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनिनयन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) कागेश्वरी मनोहरा नगरकमिटीको आयोजनामा असार ८ गते दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीको उपस्थीतीमा भएको कार्यक्रममा ड्रयाग प्रुफ मेकअप बिषयमा नाबुन बाग्मती प्रदेश अध्यक्ष करूणा पुरी र प्रशिक्षक करूणा ओलीले तालिम दिनु भएको थियो ।
नगर अध्यक्ष सुनिता खड्का लम्सालको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा बाग्मती प्रदेश सचिव सरिता शिवाकोटी, आर्थिक सचिव सोलिना लामा लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो ।
नेपाल ट्रेड युनिनयन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार ९ गते संगठनको ४७ औँ स्थापना दिवस देशभर बिविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
संगठन गण्डकी प्रदेशले २०८२ सालको SEE परिक्षा सहभागी भइ उतिर्ण संगठनका सदस्यका छोरा छोरीलाई सम्मान, संगठनमा निरन्तर क्रियाशिल ६० बर्ष उमेर पुगेका चालकलाइ सम्मान र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
प्रदेश अध्यक्ष बेनीराज थिङको अध्यक्षता सम्पन्न कार्यक्रममा जिफन्ट पुर्ब उपाध्यक्ष तथा संगठनका पुर्ब केन्द्रिय अध्यक्ष चुडामणी जंगली लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।
त्यसैगरी कोशी प्रदेशको धरानमा रक्तदान, अपांग बालबालिकाको लागि खाधन्न बितरण र दिप प्रज्वलन कार्यक्रम र बिराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
स्थापना दिवस कै सन्दर्भमा सुदुर पस्चीम प्रदेशको धनगढी बसपार्कमा शुभकामना आदान प्रदान कार्यक्रम सहित ट्राफिक सुरक्षा, सडक अनुशासन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष प्रशिक्षण, रक्तदान र बसपार्क सरसफाइ समपन्न गरेको छ भने कन्चनपुर जिल्लाको महेन्द्रनगर बसपार्कमा रक्तदान, शुभकामना आदान प्रदान कार्यक्रम, निःशुल्क आँखा परीक्षण र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
त्यसैगरी काठमाण्डौमा शुभकामना आदान प्रदान, रक्तदान, सफा ट्याम्पु पार्क सरसफाइ, हाजिरी जवाफ र बिभिन्न्न बस तथा ट्याम्पु पार्क हरूमा दिप प्रज्वलन कृयक्रम सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनिनयन महासंघ (जिफन्ट) आवद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स नेपाल)को सदस्य अर्जुन कार्कीलाइ उपचार सहयोग प्रदान गरेको छ ।
क्यान्सर रोगबाट पिडीत पीडित कार्की हाल भारतमा उपचार गराइ रहनु भएको छ ।
ओम्स नेपालले पिडित कार्कीलाइ रु. २ लाख ४७ हजार ८५ रुपैयाँ अर्थिक सहयोग गरेको संघले जनाएको छ ।