हुनद्वारा काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले असार ५ गते घरेलु श्रमिक, घर आधारित श्रमिक, पिस–रेटमा काम गर्ने श्रमिक तथा अन्य अनौपचारिक क्षेत्रका श्रमिकहरुको मर्यादित कामको सुनिश्चिताको माग गर्दै काठमाडौं महानगरपालिका प्रमुख समक्ष ज्ञापनपत्र पेश गरेको छ ।  

हुन अध्यक्ष ज्ञानु केसीको नेतृत्वमा काठमाडौं महानगरपालिकाका सौरभ गौतम समक्ष पेश गरेको ज्ञापनपत्रमा महानगरभित्र कार्यरत घरेलु तथा घर आधारित श्रमिकहरूको तथ्याङ्क संकलन र दर्ता , श्रमिक परिचयपत्र वितरण सामाजिक सुरक्षा कोष तथा अन्य सामाजिक सुरक्षा योजनामा घरेलु र घर आधारित श्रमिकलाई समेट्नु पर्ने लगायतमा बिषय ज्ञापनपत्र  समेटिएको छ ।