नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ब्हीन) वोटलर्स नेपाल तराई लिमिटेड इकाई कमिटीको पुस २५ गते सम्पन्न १२ औँ अधिवेशनले विजय चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि ब्हीन केन्द्रीय अध्यक्ष आन्नद थामीले आउटसोर्सबाट काम गर्ने मजदुरहरुको कामको प्रकृति हेरेर तत्काल नियमित कामदारको रुपमा नियुक्ति दिनु पर्ने बताउनु भएको सो अधिवेशनमा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अजुर्न अर्यालले समग्र टे«ड युनियनका संस्थापकहरूलाई स्मरण गर्दै अग्रज नेताहरूको मेहनत र अनवरत प्रयासबाट योगदानमा आधारित सामाजिक सुरक्षाकोषबाट पाउने पेन्सन सामान्य उपलब्धि नभएको पनि बताउनु भएको थियो ।
समग्र उद्योग ट्रेड युनियन नेपाल वोटलर्स नेपाल तराई लिमिटेड इकाई कमिटीका रहेर विशेष योगदान पु¥याउनु भएका यज्ञ प्रसाद सापकोटा, अनिल गुरुङ र टंकराज पौडेललाई सम्मान गरेको अधिवेशन उद्धधाटन समारोहमा नेकपा एमाले बागमती प्रदेश सदस्य दिव्या शर्मा, जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुस्कर बाबु त्रिपाठी, जिफन्ट नवलपुर समन्वय कमिटी अध्यक्ष दामोदर पाण्डे, गण्डकी प्रदेश ह्वीनका उपाध्यक्ष तुलसी पाण्डे, नेकपा एमाले चितवनका कमिटी सदस्य अन्जु गुरुङ, लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
अध्यक्ष सुशील नेपालको अध्यक्षतामा सचिव सुजन खड्काले संचालन गरेको उद्धधाटन समारोहको समाप्ति पछि सुरू भएको अधिवेशनको बन्द सत्रले सचिव सुजन खड्का र कोषाध्यक्ष रोशन खनालले पेस गर्नु भएको सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध 'नेपाल स्वरोजगार व्यापार संघ (नेष्ट) को २३ औं स्थापना दिवश पुस २५ गते देशभर बिविध कार्यक्रम गरी भव्यताको साथ मनायको छ ।
काठमाण्डैमा केन्द्रीय कार्यालयको आयोजनामा जिफन्ट सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी विनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना दिनु हुंदै युनियनको संघर्षशिल परम्परालाई कायम राख्दै यो युनियनले निरन्तर आन्दोलन गरेकै कारण राष्ट्रिय अन्तराष्ट्रिय रूपमा पहुच बढाउन सफल भएको बताउनु भयो ।
युनियन आन्दोलनले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै स्वरोजगार श्रमिकका लागि सामाजिक सुरक्षामा सहभागीता र यस क्षेत्रका समस्याहरूलाइ समाधान गर्न योजनावद्ध आन्दोलन जरूरी रहेकोमा जोड दिनु हुदै यो युनियनलाइ यस परिस्थिति सम्म आइपुग्न युनियनका संस्थापकहरूको ठूलो योगदान रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले देशमा राजनैती परीवर्तन भए पनि श्रमिकहरूको अवस्था परीवर्तन नभएको र सत्ता जुन राजनैतीक पार्टीले संचालन गरे पनि उही हो भन्ने भाष्य निर्माण गरी बर्षैंदेखी लडेर प्राप्त गरेका श्रमिक अधिकारलाइ समेत कुण्ठित गर्ने प्रबृती बिकास भएको भन्नु हुदै प्राप्त अधिकारलाइ सदुपयोग गर्दै बांकी अधिकार प्राप्तीको दिशामा अगाडी बढ्न हरेक श्रमिकलाइ राजनैतीक रूपमा प्रशिक्षित गरी देशको राजनीतीमा ट्रेड युनियनबाट हस्तक्षेपकारी भुमिका निर्वाह गर्नु पर्ने आजको आवश्यकता रहेको धारणा ब्यक्त गर्नु भयो ।
नेपालको ट्रेड युनियन आन्दोलन पराम्परागत रूपमा अगाडी बढ्न नसक्ने भन्नु हुदै समय र परीस्थीतीको आधारमा आन्दोलनलाइ बिकास र बिस्तार गर्न जरूरी रहेको भन्नुहुदै अध्यक्ष श्रेष्ठले यस्कालागी पुस १ गते देखी जिफन्ट कायाकल्पकालागि अभियान २०८१ संचालन गरेको बताउनु भयो ।
कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले बलियो संगठन बिना अधिकार स्थापित गर्न नसकिने हुँदा वलियो युनियनकालागि कार्यक्षेत्रको फैलावत संगै सदस्यता विस्तार जरुरी भएको भन्नु हुदै बलियो संगठन निर्माणकालागी स्थापना दिवसले थप प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नु भयो ।

नेष्ट अध्यक्ष माया गुरूङले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुहुंदै नेष्टको इतिहास र बर्तमान अवस्थाको बारेमा प्रकाश पार्दै "सुनिश्चित कार्यस्थल, मर्यादित रोजगार, सामाजिक सुरक्षा हाम्रो अधिकार नेष्टको मुल नारा रहेको बताउनु भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेष्ट महासचिब राजकुमार श्रेष्ठले सचालन, उपाध्यक्ष भवानि शर्माले स्वागत मन्तब्य राख्नु भएको गर्नु भएको सो कार्यक्रममा बिगत काठमाण्डो महानगर पालिकाका नगर प्रहरीद्वारा घाइते हुन भएका नेष्टका ७ जना सदस्यहरूलाइ अध्यक्ष श्रेष्ठबाट सम्मान समेत गरेको थियो ।
त्यसैगरी कोशी प्रदेशको मोरङमा, मदेश प्रदेशको लालबन्दीमा, बागमती प्रदेशको काठमाडौँ र मकवानपुरमा, गण्डकी प्रदेशको तनहुँमा, लुम्बिनी प्रदेशको बर्दियामा र सुदुरपस्चिमको कञ्चनपुरमा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
थप फोटोकालागी लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122135235182435116&type=3
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पुस २३ गते सम्पन्न रौतहट जिल्लाको आठौं अधिवेशनले बिनोद कुमार बस्नेतको अध्यक्षमा ११ सदस्य जिल्ला कमिटी चयन गरेको छ ।
अधिवेशनका प्रमुख अतिथी जिफन्ट सचिव तारानिधी पन्तले यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूकोलागि यो संगठन भरोसा योग्य भएको भन्नु हुंदै संगठनको कामलाइ अझ प्रभावकारी बनाउन 'जिफन्ट कायाकल्पकालागि अभियान–२०८१' संचालन गरेको बताउनु हुंदै अधिवेशन सफलताको शुभकामना दिनु भयो ।
संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले संगठनको नीति तथा कार्यक्रम, सवारी ऐन र यातायात क्षेत्रका श्रमिकहरूले भोग्दै आइरहेका समस्याहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा सहित जनप्रतिनीधी र यातायात ब्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध– नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)को छैटौं अधिवेशन अगामी माघ २८ गते सिराहा जिल्लाको लाहानमा आयोजना गर्ने भएको छ ।
फापुन केन्द्रीय कमिटीको पुस २३ गते अध्यक्ष पुर्ण केसीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कृषि आधारीत क्षेत्रमा कार्यरत धेरैभन्दा धेरै श्रमिकहरूलाई संगठित गर्न ठोस योजना बनाइ अगाडी बढ्नु पर्ने र हाल जिफन्टले संचालन गरेको 'जिफन्ट कायाकल्पकालागि अभियान–२०८१' ले संगठन सुदृढिकरण र परिचाल गर्न सहयोग मिल्ने बिश्वास ब्यक्त गर्नु भयो ।
बैठकमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की र महासचिव लक्ष्मण शर्माको पनि सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अबद युनियन समग्र उधोग ट्रेड युनियन नेपाल (ब्हीन) एन्टारटिक बिस्कुट प्रा.ली को पुस २० गते सम्पन्न दोस्रो अधिबेशनले शुभराज थिङको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।
राष्ट्रिय कमिटी सदस्य तथा ब्हीन केन्द्रीय अध्यक्ष आनन्द थामि, प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, केन्द्रिय सदस्य बिनोद लामिछाने लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्ध यूनियन नेपाल स्वास्थ्य स्वयमसेवी संघ (नेभा ) ले कर्णाली प्रदेश सामाजिक मन्त्री घनश्याम भण्डारी समक्ष पुस १९ गते योगदानमा आधारीत सामाजिक सुरक्षा लगायत स्वास्थ्य स्वयमसेवीहरूले भोग्दै आइरहेका समस्याहरूलाइ सुत्रवद्ध गरी १० बुदे माग पत्र पेश गरेको छ ।
नेभा केन्द्रीय सदस्य भिमु रिजाल, सचिब श्रीपाल सारू मगर सहितको टोलीले मन्त्री भण्डारी समक्ष माग पत्र पेश गरेको हो ।