नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पुस २३ गते सम्पन्न रौतहट जिल्लाको आठौं अधिवेशनले बिनोद कुमार बस्नेतको अध्यक्षमा ११ सदस्य जिल्ला कमिटी चयन गरेको छ ।
अधिवेशनका प्रमुख अतिथी जिफन्ट सचिव तारानिधी पन्तले यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूकोलागि यो संगठन भरोसा योग्य भएको भन्नु हुंदै संगठनको कामलाइ अझ प्रभावकारी बनाउन 'जिफन्ट कायाकल्पकालागि अभियान–२०८१' संचालन गरेको बताउनु हुंदै अधिवेशन सफलताको शुभकामना दिनु भयो ।
संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले संगठनको नीति तथा कार्यक्रम, सवारी ऐन र यातायात क्षेत्रका श्रमिकहरूले भोग्दै आइरहेका समस्याहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा सहित जनप्रतिनीधी र यातायात ब्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।