ब्हीन वोटलर्स नेपाल तराईको अध्यक्षमा विजय चौधरी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ब्हीन) वोटलर्स नेपाल तराई लिमिटेड इकाई कमिटीको पुस २५ गते सम्पन्न १२ औँ अधिवेशनले विजय चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

कार्यक्रमको प्रमुख अतिथि ब्हीन केन्द्रीय अध्यक्ष आन्नद थामीले आउटसोर्सबाट काम गर्ने मजदुरहरुको कामको प्रकृति हेरेर तत्काल नियमित कामदारको रुपमा नियुक्ति दिनु पर्ने बताउनु भएको सो अधिवेशनमा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अजुर्न अर्यालले समग्र टे«ड युनियनका संस्थापकहरूलाई स्मरण गर्दै अग्रज नेताहरूको मेहनत र अनवरत प्रयासबाट  योगदानमा आधारित सामाजिक सुरक्षाकोषबाट पाउने पेन्सन सामान्य उपलब्धि नभएको पनि बताउनु भएको थियो ।

समग्र उद्योग ट्रेड युनियन नेपाल वोटलर्स नेपाल तराई लिमिटेड इकाई कमिटीका रहेर विशेष योगदान पु¥याउनु भएका यज्ञ प्रसाद सापकोटा, अनिल गुरुङ र टंकराज पौडेललाई सम्मान गरेको अधिवेशन उद्धधाटन समारोहमा नेकपा एमाले बागमती प्रदेश सदस्य दिव्या शर्मा, जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुस्कर बाबु त्रिपाठी, जिफन्ट नवलपुर समन्वय कमिटी अध्यक्ष दामोदर पाण्डे, गण्डकी प्रदेश ह्वीनका उपाध्यक्ष तुलसी पाण्डे, नेकपा एमाले चितवनका कमिटी सदस्य अन्जु गुरुङ, लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।

अध्यक्ष सुशील नेपालको अध्यक्षतामा सचिव सुजन खड्काले संचालन गरेको उद्धधाटन समारोहको समाप्ति पछि सुरू भएको अधिवेशनको बन्द सत्रले सचिव सुजन खड्का र कोषाध्यक्ष रोशन खनालले पेस गर्नु भएको सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।