नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट आबद्ध युनियन निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्स्यु) को माघ १९ गते सम्पन्न तेस्रो अधिवेशनले शिवलाल उपाध्यायको अध्यक्षतामा १७ सदस्य केन्द्रीय कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद् प्रमुखमा माधव पोडेललाइ निर्वाचित गरेको छ ।
अधिवेशन उद्धधाटन गर्नु हुँदै जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले निजी तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूमा थुप्रै समस्याहरू बिधमान रहेको भन्नु हुँदै समस्याको समाधान सङ्गठित शक्तीबाटमात्र हुने भएको हुनाले प्याब्स्युलाइ बलियो र भरपर्दो सङ्गठनमा रूपान्तरण गर्नुको विकल्प नभएको बताउनु भयो ।

अधिवेशनमा इष्टुका राष्ट्रिय अध्यक्ष होम बहादुर थापा र जिफन्ट आबद्ध युनियनहरूको तर्फबाट क्यूपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको अधिवेशन उद्धधाटन शत्रको अध्यक्षता प्याब्स्यु अध्यक्ष माधव पोडेलले, स्वागत उपाध्यक्ष शिवलाल उपाध्यायले र सञ्चालन सचिव अमृत बस्नेतले गर्नु भएको थियो ।
जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले सञ्चालन गरेको अधिवेशनको बन्द शत्रमा पेस भएको संगठानिक प्रतिवेदन, आगामी कामको योजना, आर्थिक प्रतिवेदन र विधान सर्वसम्मत पारीत गरेको थियो ।

त्यसैगरी जिफन्ट उपाध्यक्ष सीता लामाको नेतृत्वमा बनेको निर्वाचन कमिटीद्वारा निर्वाचित केन्द्रीय कमिटीलाई निर्वाचन कमिटी प्रमुख सीता लामाले पद तथा गोपनिताको शपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालको माघ १९ गते सम्पन्न छैटो अधिवेशनले प्रमीला गौतमको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।
युनियन केन्द्रिय अध्यक्ष उमेश गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा महासचिव उमेश बर्तौला, केन्द्रिय सदस्य अनुपा अर्यालले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो भने अधिवेशनबाट निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको शपथ ग्रहण केन्द्रिय अध्यक्ष उमेश गिरीले गराउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध-नेपाल चिया-कफी श्रमिक युनियनको राष्ट्रिय अधिवेशन आगामी फागुण २७ गते झापाको बिर्तामोडमा आयोजना गर्ने भएको छ ।
जिफन्ट उपाध्यक्ष जनक चौधरीको उपस्थीतीमा माघ १९ गते झापामा बसेको तेस्रो वैठकले अध्यक्ष सन्तकुमार राईको संयोजकत्वमा ४ सदस्यिय प्रतिवेदन लेखन र ३ सदस्यिय बिधान शंसोधन उपसमिती गठन गरेको छ ।
त्यसैगरी आर्थिक सचिव विक्रम गिरीको संयोजकत्वमा ३ सदस्यिय आर्थिक उपसमिती गठन गरेको सो बैठकमा जिफन्ट कोशी प्रदेश कमिटी अध्यक्ष किशोर धमला र उपसचिव हरी अधिकारी पनि सहभागी रहनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को प्रथम राष्ट्रिय प्रतिनिधि परीषद बैठक माघ १९ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न भयो ।
प्रतिनिधि परिषद् प्रमुख कृष्ण रिमालको अध्यक्षतामा सम्पन्न सो बैठकको प्रमुख अतिथि, जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्योग क्षेत्रमा देखिएका समस्याहरूलाइ पहिचान गरी समस्या समाधान गर्न बैठक फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।
संगठनका संस्थापक अध्यक्ष ललित बस्नेत, जिफन्ट उपाध्यक्ष मन्जु थापा, महासचिव लक्ष्मण शर्मा लगायतका नेताहरूको सहभागिता रहेको सो प्रतिनिधि परीषद बैठकमा व्हिन अध्यक्ष आनन्द थामीले सांगठनिक प्रतिवेदन र आगामी कार्य योजना, उपमहासचिव अर्जुन चौलागाईंले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
बैठकको संचालन महासचिव दिपक आचार्यले गर्नु भएको ह्वीन सचिव गीता भण्डारीले श्रमिक खवरलाइ जानकारी दिनुभएको हो ।
जिफन्ट अबद्ध युनियन नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) महोत्तरी जिल्लाको मटिहानी पालीकामा माघ १७ गते सम्पन्न कृषी श्रमिकहरूको भेलाले रामबृक्ष महराको अध्यक्षतामा २२ सदस्य फापुन पालिका कमिटी गठन गरेको छ ।
फापुन केन्द्रीय सदस्य देव शरण बाठैको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा हेम चन्द यादव लगायतका नेताहरू अतिथि रहनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको पुस २५ गते सम्पन्न पहिलो अधिवेशनले पूजा भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
कोशी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुनसरी संयोजक हरि राई, नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, केन्द्रीय, सदस्य गंगा तामाङ, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, आर्थिक सचिव अमिता पोख्रेल, नाबुन विराटनगर महानगर अध्यक्ष भलि सुब्बा लगायका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।

त्यसैगरी सोही दिन चितवन जिल्लाको भरतपुर महानगरपालीका समन्वय कमिटीको आयोजनामा चितवनको आंपटारीमा भएको भेलाले सुस्मा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय पालिका समन्वय समिति गठन गरेको छ ।
नाबुन सह-संयोजक अञ्जु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा जिफन्ट वाग्मती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, नेकपा एमाले बागमती प्रदेश सदस्य दिव्या शर्मा, जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुष्करबाबु त्रिपाठी लगायतका आतिथीहरूको सहभागिता रहेको थियो ।