समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) प्रतिनिधि परीषद बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को प्रथम राष्ट्रिय प्रतिनिधि परीषद बैठक माघ १९ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न भयो ।

प्रतिनिधि परिषद् प्रमुख कृष्ण रिमालको अध्यक्षतामा सम्पन्न सो बैठकको प्रमुख अतिथि, जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्योग क्षेत्रमा देखिएका समस्याहरूलाइ पहिचान गरी समस्या समाधान गर्न बैठक फलदायी हुने विश्वास व्यक्त गर्नु भयो । 

संगठनका संस्थापक अध्यक्ष ललित बस्नेत, जिफन्ट उपाध्यक्ष मन्जु थापा, महासचिव लक्ष्मण शर्मा लगायतका नेताहरूको सहभागिता रहेको सो प्रतिनिधि परीषद बैठकमा व्हिन अध्यक्ष आनन्द थामीले सांगठनिक प्रतिवेदन र आगामी कार्य योजना, उपमहासचिव अर्जुन चौलागाईंले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

बैठकको संचालन महासचिव दिपक आचार्यले गर्नु भएको ह्वीन सचिव गीता भण्डारीले श्रमिक खवरलाइ जानकारी दिनुभएको हो ।