Home Affiliates Activities

नाबुन रत्ननगरको अध्यक्षमा जुनु श्रेष्ठ चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को माघ २९ गते चितवन रत्ननगरमा सम्पन्न भेलाले जुनु श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय पालिका कमिटी पुनर्गठन गरेको छ । 

जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालको प्रमुख अतिथ्यतामा सम्मन्न सो भेलामा जिफन्ट जिल्ला समन्वय कमिटी, नाबुन केन्द्रीय र जिल्ला कमिटीका नेताहरूको सहभागिता रहेको थियो ।
 

क्यूपेक नेपाल म्याग्दी र मकवानपुर जिल्ला अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध क्यूपेक नेपालको माघ २८ गते बेनीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले जित बहादुर किसानको अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ । 

क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा भएको सो अधिवेशनमा, महासचिव राजेन्द्र बिष्ट,  सचिव बलादेवी राई लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । 

त्यसैगरी फागुन २ गते हेटौडामा सम्पन्न क्यूपेक-नेपाल मकवानपुर जिल्लाको आठौं अधिवेशनले बुद्ध बि.क.को अध्यक्षतामा १९  सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।

बागमती प्रदेश श्रममन्त्री प्रेम भक्त महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय अध्यक्ष शान्ता बस्नेत  लगायतका केन्द्रीय अतिथिहरूको सहभागिता रहेको थियो । 
 

वैभव चिया बगानको अध्यक्षमा हरसिङ्ग राजवंशी

जिफन्ट आबद्ध युनियन नेपाल चिया-कफि श्रमिक युनियनले माघ २२ गते झापाको मेचीनगर १५ मा रहेको वैभव चिया बगानको भेलाबाट हरसिङ्ग राजवंशीको अध्यक्षतामा ९  सदस्यिय कमिटी पुनर्गठन गरेको छ । 

केन्द्रीय अध्यक्ष सन्त कुमार राइको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।
 

तरकारी फलफूल ढुवानी श्रमिक सामाजिक सुरक्षामा सुचिकृत

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको चितवन नारायणगढमा रहेको तरकारी फलफूल ढुवानी इकाई कमिटीले माघ २२ गते त्यहाँ कार्यरत १५ जना श्रमिकहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । 

जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रका श्रमिकहरूलाइ आवद्ध गर्ने अभियान अन्तरगत अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाइ सूचीकृत गर्न यूनियनले श्रमिक सूचीकरण कार्यक्रम मार्फत थालनी गरेको भरतपुरबाट इकाइका अध्यक्ष राजन ढकालले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो ।
 

ओम्स नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अर्जुन नेपाल

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन माघ १९ गते ओम्स नेपाल केन्द्रिय अध्यक्ष सूर्य पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न भयो ।

अधिवेशनले अर्जुन नेपालको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनमा जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगायत ओम्स नेपालका केन्द्रीय नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो।

ह्वीन प्रथम राष्ट्रिय प्रतिनधी परीषद बैठक हेटौडामा सम्पन्न

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट आबद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को प्रथम राष्ट्रिय प्रतिनधी परीषद बैठक माघ १९ गते मकवानपुर जिल्लाको हेटौंडामा सम्पन्न भयो । 

प्रतिनिधि परिषद् प्रमुख कृष्ण रिमालको अध्यक्षतामा सम्पन्न सो बैठकको प्रमुख अतिथि, जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उधोग क्षेत्रमा देखिएका समस्याहरूलाइ पहिचान गरी समस्या समाधान गर्न बैठक फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।

सङ्गठनका संस्थापक अध्यक्ष ललित बस्नेत, जिफन्ट महासचिव लक्ष्मण शर्मा, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको सो परीषद बैठकमा जिफन्ट उपाध्यक्ष मन्जु थापामगर, सचिव विजया खड्का लगायतका नेताहरूको उपस्थित रहेको थियो । 

ह्वीन महासचिव दीपक आचार्यले सञ्चालन गर्नु भएको सो परिषद् बैठकमा सहभागी अतिथि तथा प्रतिनिधिहरूलाई उपाध्यक्ष मनोज मगरले स्वागत गर्नु भएको थियो ।

बैठकमा वह्नि अध्यक्ष आनन्द थामीले साङ्गठनिक प्रतिवेदन र आगामी कार्य योजना, उपमहासचिव अर्जुन चौलागाईंले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो ।