नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको पुस २५ गते सम्पन्न पहिलो अधिवेशनले पूजा भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
कोशी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुनसरी संयोजक हरि राई, नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, केन्द्रीय, सदस्य गंगा तामाङ, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, आर्थिक सचिव अमिता पोख्रेल, नाबुन विराटनगर महानगर अध्यक्ष भलि सुब्बा लगायका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।

त्यसैगरी सोही दिन चितवन जिल्लाको भरतपुर महानगरपालीका समन्वय कमिटीको आयोजनामा चितवनको आंपटारीमा भएको भेलाले सुस्मा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय पालिका समन्वय समिति गठन गरेको छ ।
नाबुन सह-संयोजक अञ्जु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा जिफन्ट वाग्मती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, नेकपा एमाले बागमती प्रदेश सदस्य दिव्या शर्मा, जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुष्करबाबु त्रिपाठी लगायतका आतिथीहरूको सहभागिता रहेको थियो ।