Home Affiliates Activities

नाबुन विराटनगरद्वारा कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई छात्रवृत्ति प्रदान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगरको १६औँ वार्षिकोत्सवको अवसरमा जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन समस्या व्योहोर्नु परेको अवस्थाकी छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले महानगर कमिटीले कक्षा दश सम्मको पढाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने कमिटीकी अध्यक्ष भली सुब्बाले जानकारी दिनुभयो ।


कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गङ्गा तामाङ, नाबुन कोसी प्रदेश अध्यक्ष कला डाँगीले महानगरले थालेको यो कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उदेस्यले थालेको यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक चिन्तामणि रिजालले भारती जस्ता जेहेन्दार विद्यार्थीहरूलाई दिइने यस्ता छात्रवृत्तिले उनीहरूको शैक्षिक यात्रामा ठुलो टेवा दिने बताउनुभयो । विद्यालयका अध्यक्ष मनोज विक्रम साहले सौन्दर्यकर्मीहरूको यस पहलको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नाबुन विराटनगर महानगरकी सचिव बसन्ती गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने नाबुन प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेल, जिफन्ट कोसी प्रदेशकी महिला सचिव सायद तवसुम लगायत अन्य सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
 

होटेल तथा पर्यटन क्षेत्रका श्रमिकहरूले आन्दोलन गर्ने

होटेल तथा पर्यटन क्षेत्रका श्रमिकहरूले विगत २० वर्ष देखि खाई पाई आएको १०% सेवा शुल्क अदालतले खारेज गरेपछि नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु), नेपाल पर्यटन तथा होटेल समृद्ध श्रमिक संघ र अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर सङ्घले गत वैशाख २६ गते होटेल एसोसिएसन अफ नेपाल (हान) लाई  पेश गरेको ६ बुदे माग पत्रको सम्बन्धमा चैत्र ३ गते ध्यानाकर्षण पत्र बुझाएको छ !

ध्यानाकर्षण पत्रमा सामूहिक सोद्धवाजीको विवाद तत्काल हल नगरेमा श्रम कानुनले गरेको व्यवस्थाका अधारमा अगाडी बढ्न बाध्य हुने उल्लेख गरेको छ । 

नेस्वहोमयु लगायत अन्य २ वटा युनियनको चैत्र ३ गते बसेको संयुक्त बैठकले २१ दिन भित्र मागलाई सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको श्रमिक खबरलाई जानकारी दिएको छ ।


यातायात मियांपाटन इकाई अध्यक्षमा ज्ञान बहादुर गुरुङ

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा फागुण ४ गते सम्पन्न कास्की जिल्लाको मियांपाटन इकाई भेलाले ज्ञान बहादुर गुरुङको अध्यक्षतामा  ९ सदस्य कमिटी चयन गरेको छ ।

संगठनका प्रतिनिधि परिषद उप–प्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यतामा, केन्द्रिय उपमहासचिव एवं गण्डकी प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुली ,गण्डकी प्रदेश अध्यक्ष बिष्णु खत्रीको अतिथी रहनु भएको सो भेलाले ४ सदस्य सल्हाकार समेत चयन गरेको छ ।
 

समग्र उद्योग ट्रेड युनियन, नेपालद्वारा प्रतिष्ठानहरूको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) डाबर नेपाल ग्रिन हाउस प्रालिको चैत्र २ गते काभ्रे जिल्लाको बनेपामा सम्पन्न ८ औ अधिवेशनले पवित्रा खत्रीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसै गरी रोयल काठमाडौँ हिमालय बेवरेज प्रा लिको तेस्रो अधिवेशनले  गीता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ ।

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा ह्वीन उपमहासचिव अर्जुन चौलागाईले निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । 

त्यसैगरी मकवानपुर जिल्लाको हेटौडा रहेको ग्वाविनेट इन्भारोमेन्ट सोलुसन प्रा.ली को प्रथम अधिवेशनले बाबुलाल नेगीको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसैगरी समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) सी.जी. फुड्स ईकाइ कमिटीको चैत्र २ गते  बर्दियामा सम्पन्न  तेस्रो अधिवेशनले मोहनलाल बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
 

प्याब्स्यु कास्की जिल्ला अध्यक्षमा विजय राज अधिकारी चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्स्यु) कास्की जिल्लाको चैत्र २ गते सम्पन्न चौथो जिल्ला अधिवेशनले विजय राज अधिकारीको अध्यक्षतामा १० सदस्यीय कमिटी चयन गरेको छ । 

प्याब्सु केन्द्रीय अध्यक्ष शिवलाल उपाध्यायको प्रमुख आतिथ्तामा सम्पन्न सो अधिवेशनमा जिफन्ट  गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री, प्याब्सु प्रतिनिधि परीषद प्रमुख माधब पौडेल लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अधिवेशनको पुर्व सन्ध्या फागुन १ गते अधिवेशन प्रचार प्रसारका लागि मोटरसाइकल र्यालीले  पोखरा महानगरको परिक्रमा गरेको थियो । 
 

नेभा ओमसतिया पालिकाको अध्यक्षमा विजयालक्ष्मी पाण्डे राय

जिफन्ट आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)को रुपन्देही जिल्लाको ओमसतिया पालिकामा फागुण २९ गते जिफन्ट राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराई को प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले विजयालक्ष्मी पाण्डे रायको अध्यक्षता मा ११ सदस्यीय नेभा पालिका कमिटी गठन गरेको छ ।