जिफन्ट आवद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल गण्डकी प्रदेश कमिटीको चैत्र ९ गते सम्पन्न अधिवेशनले आह्वान सुवेदीको अध्यक्षतामा १६ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।
ओम्स नेपाल केन्द्रीय अध्यक्ष सूर्य पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री, ओम्स नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष वसन्तराज सिग्देल लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।
जिफन्ट आबद्ध नेपाल चिया कफि श्रमिक युनियनले चैत्र १० गते, झापा जिल्लाको हडिया चिया बगान इकाई कमिटीको विस्तारीत भेला युनियनका अध्यक्ष सन्तकुमार राईको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ ।
जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी सहभागी सो भेलाले सनातन राजवंशीको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) अन्तरगत काभ्रे जिल्ला सिलाइ कमिटीको भेला चैत्र ९ गते सम्पन्न भएको छ ।
जिफन्ट राष्ट्रीय कमिटी सदस्य फुलमाया लामाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा भएको जिफन्ट बाग्मती प्रदेश उप-सचिब शान्ति कार्की सचिवालय सदस्य सालिकराम सुवेदी र दिवाकर पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर यूनियन (क्यूपेक नेपाल) धनगढी नगर कमिटीको चैत्र ९ गते सम्पन्न दोश्रो अधिवेशनले युवराज पोख्रेल अध्यक्षतामा ८ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनमा जिफन्ट सुदूरपश्चिम प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे लगायतका नेताहरको सहभागिता रहेको थियो ।

त्यसैगरी सोहि दिन क्युपेक नेपाल चन्द्रागिरि नगर कमिटिको दोस्रो अधिवेशन जिफन्ट सचिव बेलिमाया घलेको प्रमुख अथित्यतामा सम्पन्न भएको छ । अधिवेशनले आइतमाया साम्वाको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को रिजालटासी इण्डष्ट्रिज इकाई कमिटीको आठौँ अधिवेशन चैत ९ गते जिफन्ट राष्ट्रीय कमिटी सदस्य भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
झनक श्रेष्ठ अध्यक्षतामा ११ सदस्यीय कमिटि निर्वाचित गरेको सो अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, केन्द्रीय सदस्य विजयकुमार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी सोही दिन सम्पन्न ह्वीन बर्दिया डिस्टिलरीको तेस्रो अधिबेशनले उदय राज खत्रीको अध्यक्षतामा ७ सदस्यीय कमिटि निवार्चित गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण के.सी.को प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट बरिष्ट युनियनकर्मी संजाल सदस्य केशवराज गिरी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) को १७ औँ स्थापना दिवस चैत्र ७ गते जिफन्ट सभाहलमा मनाएको छ ।
नाबुन केन्द्रीय संयोजक पम्फा पहारी देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले युनियनको स्थापना दिवसको अवसरमा समस्त सौन्दर्यकर्मीहरूलाई सुदृढ र गतिशील युनियन निर्माण गर्दै सामाजिक सुरक्षा र मर्यादित कामका लागि समर्पित हुने अपेक्षा सहित स्थापना दिवसको शुभकामना ब्यक्त गर्नु भएको छ ।
नाबुन केन्द्रीय संयोजक पम्फा पहारी देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष सीता लामा, महासचिब लक्ष्मण शर्मा र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्यूपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी कास्की जिल्लाको पोखरामा, पर्वत जिल्लाको गोर्खामा, चितवन जिल्लाको भरतपुरमा, सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा, उदयपुर जिल्लाको त्रियुगा नगर पालिकामा र सुनसरी जिल्लाको धरान र इटहरीमा पनि स्थापना दिवस मनाएको नाबुन सचिव सुजना जोशीले जानकारी दिनु भएको छ ।
थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?vanity=gefontmoments&set=a.122145078158435116