Home Affiliates Activities

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको विभिन्न कमिटीको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले फागुण २९ गते विभिन्न कमिटीहरूको अधिवेशन सम्पन्न गरेको छ ।

सङ्गठनले, काभ्रे जिल्लाको पनौती नगर कमिटीको १७ औँ अधिवेशनबाट शेषनाथ घिमिरे (नबराज) को अध्यक्षतामा १६ सदस्यीय कमिटी र ४ जनाको सल्लाहकार कमिटी निर्वाचित गरेको छ । 

अधिवेशनमा उत्कृष्ट चालक, जेष्ठ चालक, उत्कृष्ट सहचालकलाइ सम्मान समेत गरेको थियो ।

त्यसैगरी सङ्गठन भक्तपुर मिनिबस इकाई कमिटीको सातौ अधिवेशनले युबक खत्रीको नेतृत्वमा १३ सदस्यीय कमिटी र ३ सदस्यीय सल्लाहकार कमिटी चयन गरेको छ ।

त्यसैगरी नुवाकोट जिल्लाको सूर्य चौर शिवपुरीमा सम्पन्न काठमाडौँ त्रिशुली धुन्चे पाशाङ ल्हामु मार्ग ईकाई कमिटी को १०औ अधिवेशनले सुरेन्द्र बुढाथोकीको अध्यक्षतामा ११ सदस्य ईकाई कमिटी निर्वाचित गरेको छ । 

सोहिदिन सङ्गठनले पोखरा बस, महानगर कमिटीको तेस्रो अधिवेशनबाट बिनोद पौडेलको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ भने २ जना सल्लाहकार समेत चयन गरेको छ ।

त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, माइक्रो बस इकाई कमिटी, पोखराको दशौं अधिवेशनले राम बहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा गोर्खा र पोखरामा प्रशिक्षण सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, गोर्खा जिल्ला कमिटीद्धारा फागुण २९ गते सवारी दुर्घटना न्यूनीकरण सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा (एमाले) गोर्खा जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र थापाको प्रमुख अतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोर्खाका प्रमुख राजेन्द्र पोडेलले सवारी दुर्घटना न्यूनीकरण गर्ने उपायहरूका बारेमा, सङ्गठन गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर खत्रीले सडक सुरक्षाको लागि नीति निर्माण र कार्यान्वयन बारेमा प्रशिक्षण दिनु भएको थियो । 

त्यसैगरी सहिदिन सङ्गठनले कास्की जिल्लाको पोखरामा लामो दुरी बस तथा मिनिबस ईकाइद्धारा प्रशिक्षण सम्पन्न गरेको छ । 

जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले सवारी तथा यातायात व्यवस्था ऐन, योगदानमा आधारित सामाजिक सुरक्षाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
 

नाबुन वीरगन्ज महानगर कमिटीद्धारा होली मिलन कार्यक्रम सप्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) वीरगन्ज महानगर कमिटीको आयोजनामा फागुण २८ गते होली मिलन कार्यक्रम सप्पन्न गरेको छ । 

महानगर कमिटी अध्यक्ष पिन्की कुमारी गुप्ताको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा मदेश प्रदेश महिला इन्चार्ज गीता भण्डारीले रङ्गहरुको पर्व फागुपुर्णिमाको (होली)को शुभकामना दिनु हुँदै सम्पूर्ण सौन्दर्यकर्मीहरूलाई युनियनमा सङ्गठित हुन आह्वान गर्नु भयो !

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी केन्द्रीय सदस्य सुमित्रा सापकोटा, नाबुन मदेश प्रदेश अध्यक्ष ओम कुमारी शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको सो होली मिलन कार्यक्रमको सहजीकरण महानगर कमिटी सचिव सुनिता मानन्धरले गर्नु भएको थियो ।
 

नेष्ट कोसी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नष्ट) कोसी प्रदेश कमिटीको फागुन २८ गते मोरङ जिल्लाको पथरीमा सम्पन्न दोस्रो अधिवेशनले नयेन्द्र बहादुर विष्टको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । 
नष्ट केन्द्रीय अध्यक्ष माया गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनले र कमला निरोलाको अध्यक्षतामा ५ सदस्यीय प्रदेश महिला कमिटी समेत चयन गरेको नेष्टका कोसी प्रदेश इन्चार्ज सावित्रा खड्काले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो । 
 

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) को अध्यक्षमा पूर्ण केसी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) को फागुन २५ गते सिरहा जिल्लाको लहानमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गर्नु भएको छैटौँ अधिवेशनले पूर्ण केसीको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

फापुनको केन्द्रीय संयोजक पूर्ण केसिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिव लक्ष्मण शर्मा, मदेश प्रदेश अध्यक्ष कमलेश झा, नेकपा एमाले मदेश प्रदेश सदस्य रिता यादव लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

माया भण्डारी स्वागत मन्तव्य राख्नु भएको सो अधिबेशन उद्घाटन समारोहमा पुर्व फापुनको केन्द्रीय अध्यक्ष पुर्णचन्द उपाध्याय र केन्द्रीय सदस्य बिन्दिराम मोचिलाइ सम्मान समेत गरेको थियो ।


नेष्ट गोकण्श्वर ६ नं वडाको अध्यक्षमा दिनेश राउत

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नष्ट) गोकण्श्वर नगरपालिका ६ नं वडा कमिटीको फागुण २५ गते सम्पन्न छैटौं अधिवेशनले दिनेश राउतको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी र राधिका खतिवडाको अध्यक्षतामा ७ सदस्यीय महिला कमिटी निर्वाचित गरेको छ ।