समग्र उद्योग ट्रेड युनियन, नेपालद्वारा प्रतिष्ठानहरूको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) डाबर नेपाल ग्रिन हाउस प्रालिको चैत्र २ गते काभ्रे जिल्लाको बनेपामा सम्पन्न ८ औ अधिवेशनले पवित्रा खत्रीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसै गरी रोयल काठमाडौँ हिमालय बेवरेज प्रा लिको तेस्रो अधिवेशनले  गीता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ ।

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा ह्वीन उपमहासचिव अर्जुन चौलागाईले निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । 

त्यसैगरी मकवानपुर जिल्लाको हेटौडा रहेको ग्वाविनेट इन्भारोमेन्ट सोलुसन प्रा.ली को प्रथम अधिवेशनले बाबुलाल नेगीको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसैगरी समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) सी.जी. फुड्स ईकाइ कमिटीको चैत्र २ गते  बर्दियामा सम्पन्न  तेस्रो अधिवेशनले मोहनलाल बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।