नाबुन बागमती प्रदेश कमिटीद्वारा ३ दिने दक्षता अभिबृद्धी तालिम सुरू

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बागमती प्रदेश कमिटीद्वारा माईक्रोसेडिङ र रसियन हेयरस्टाईल सम्बन्धी ३ दिने क्षमता अभिबृद्धी तालिम संचालन गरेको छ । 

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले साउन २१ गते  तालिमको शुभारम्भ गर्नु हुंदै समयको परीवर्तनसंगै आफुले जानेका शिपलाइ समय अनुकल निखारीदै जानु पर्ने भन्दै तिब्र रूपमा भै रहेको प्रबिधीको बिकाश संगै श्रमिकहरूले पनी बदलिंदो समय र परीस्थीती अनुकुल आफुलाइ पनी परीवर्तन गर्न सक्नु पर्ने बताउनु भएको छ ।

तालिमको शुभारम्भ कार्यक्रममा नाबुन सचिब सुजना जोशीले नाबुनले नियमित रूपमा यूनियनका सदस्यहरूको दक्षता अभिबृद्धी तालिम संचालन गर्दै आइरहेको बताउनु भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष करूणा पुरीले गर्नु भएको थियो भने संचालन सचिब सरीता सिवाकोटीले गर्नु भएको थियो । 

चन्द्रकला छन्त्याल र सोनिया राईले माईक्रोसेडिङ र रसियन हेयरस्टाईल सम्बन्धि दिने तालिम ३ दिन सम्म संचालन हुने छ ।