Home Affiliates Activities

क्युपेक काठमाडौँको अध्यक्षमा टेक बहादुर कार्की निर्वाचित

नेपाल बिजुली,पेन्टर,प्लम्बर तथा निर्माण मजदुर (क्यूपेक-नेपाल) काठमाडौँ जिल्ला कमिटीको चैत्र ३० गते सम्पन्न आठौँ जिल्ला अधिवेशनले टेक बहादुर कार्कीको अध्यक्षतामा १६ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्धघाटन गर्नु भएको सो अधिवेशनमा महासचिब लक्ष्मण शर्मा क्यूपेक - नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी लगायतका अतिथीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी क्युपेक नेपाल चितवन जिल्ला कमिटीले चैत्र ३० गते एक भेलाको आयोजना गरी जिल्ला कमिटी स्थापना भएको १२ वर्ष पुरा गरी १३ औ वर्ष प्रवेश गरेको उपलक्ष्यमा जिल्ला स्थापना दिवस मनाएको छ ।
 

ओम्स नेपाल लुम्बीनीद्वारा नयाँ वर्ष २०८२को शुभकामना आदान प्रदान

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध  बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (ओम्स नेपाल) लुम्बीनी प्रदेश कमिटी र लुम्बिनी इकाई कमिटीको संयुक्त आयोजना चैत्र ३० गते नयाँ वर्ष २०८२को सन्दर्भमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । 

ओम्स नेपाल केन्द्रीय अध्यक्ष सुर्य पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा नयाँ वर्ष २०८२ सालको भिट्टेपात्रो बिमोचन गरेको थियो ।

कार्यक्रममा जिफन्ट लुम्बीनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले ओम्स नेपाल केन्द्रीय सदस्य यूबराज खनाल, अमर बस्नेत र प्रदेश अध्यक्ष गंगासागर पन्थी लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।

नाबुन पोखरा महानगरद्वारा शिप अभिबृद्धी तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल (नाबुन) पोखरा महानगर कमिटीको आयोजनामा चैत्र ३० गते माइक्रो सेडिङ, ब्राइड मेकअप, हेयर एन्ड स्किन टेस्ट सम्बन्धी एक दिने तालिम संचालन गरेको छ । 

नाबुन महानगर कमिटी अध्यक्ष मंगल लक्ष्मी श्रेष्ठको अध्यक्षतामा जिफन्ट संसदीय तथा स्थानीय तह संयोजक मिना गुरुङज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न सो तालिम कार्यक्रममा सहभागीहरू बिच नयाँ वर्ष २०८२को शुभकामना आदान प्रदान समेत सम्पन्न भएको थियो।

हुन बेशिशहर नगर कमिटिको अध्यक्षमा कर्ण बहादुर बिक (रमेश) चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा चैत्र ३० गते लमजुङ जिल्लाको बेशिशहरमा सम्पन्न गृह श्रमिकहरूको भेलाले कर्ण बहादुर बिक (रमेश)को अध्यक्षतामा ६ सदस्यीय बेशिशहर नगर कमिटी गठन गरेको छ ।

हुनका केन्द्रीय सचिव सुवास खातीको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता चन्दबहादुर बिकले र संचालन  दिपक सुनारले गर्नु भएको थियो । 
 

नेभा रत्ननगर पालिकाको संयोजकमा रश्मी बर्तौला

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) रत्ननगर पालिका कमिटीको चैत्र २९ गते सम्पन्न बैठकले रश्मी बर्तौलाको संयोजकत्वमा नेपाल स्वास्थ्य स्वयंसेवि संघ (नेभा) रत्ननगर पालिका अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

पालिका अध्यक्ष शंकर खनालको अध्यक्षतामा बसेको सो बैठकमा जिफण्ट जिल्ला समन्वय कमिटी चितवनका अध्यक्ष पुस्कर बाबु त्रिपाठी लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।

नेभाद्वारा स्वास्थ्य तथा जनसंख्या समक्ष मागपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेभा) ले स्वास्थ्य स्वयंसेविहरूको उचित सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका विषयमा चैत्र २९ गते नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल समक्ष मागपत्र बुझाइएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपाध्यक्ष सीता लामाको नेतृत्वमा नेभा अध्यक्ष गिता थिङ्ग लगायतका नेताहरूले बुझाएको सो माग पत्रमा स्वयंसेविकाहरूका मागलाई मन्त्रालयले आगामी बजेटमा समेट्न आग्रह समेत गरेको छ ।

त्यसैगरी चैत्र २७ गते भेरी गंगा नगर पालीका प्रमुख यज्ञ ढकाल समक्ष योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका माग सहित नेभा केन्द्रीय सदस्य भुमु रिजालले ज्ञापन पत्र बुझाएको छ ।

नेभा सदस्य तथा भेरी गंगा नगर पालीकामा कार्यरत स्वास्थ्य स्वयमसवीका निर्मला सुनारको असामयिक निधन भएकोमा सोही दिन पालिकाद्भारा स्वर्गिय सुनारको परीवारलाइ नगद २१ हजार रूपंया सहयोग हस्तान्तरण गरेको छ ।