नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध क्यूपेक नेपालको आठौं महाधिवेशन आगामी २०८३ सालको जेठमा हुने भएको छ ।
क्युपेक अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा कार्तिक २४ गते धनकुटामा भएको ५८ औ केन्द्रीय कमिटी बैठकले जेठ १८ गते महाधिवेशन उद्धघाटन गर्ने निर्णय गरेको हो ।

बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले भदो २३ र २४ को घटना पछी श्रम बजारमा पारेको असर र बदलियको राजनैतीक परिवेशमा ट्रेड युनियनको भुमिका बारेमा प्रकाश पार्नु भएको थियो ।
बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्मा, उपमहासचिव नरनाथ लुईटेल लगायतका नेताहरूको सहभागी रहेको बैठकले महासचिब राजेन्द्र बिष्टले पेश गर्नु संगठानिक प्रतिवेदन पारीत गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा कार्तिक १४ गते ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रावीधिक तालिम सम्पन्न गरेको छ ।
किर्तिपुर नगरपालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरू सहभागि रहेको तालिम कार्यक्रममा पूर्व वडा अध्यक्ष हर्ष महर्जनले फोहर ब्यवस्थापनमा देखिएका समस्या र श्रमिकहरूको सुरक्षाका बारेमा र
कार्यक्रम संयोजक शंकर घिमिरेले ब्यवसायजन्य रोग र सुरक्षा उपाएका बारेमा तालिम दिनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध रास्ट्रीय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन)को कार्तिक १३ गते सम्पन्न पाचौं अधिबेशनले सुजना जोशीको अध्यक्षतामा नया कमिटी निर्वाचित गरेको छ ।
पम्फा पहाडी देवकोटाको अध्यक्षतामा भएको अधिवेशनको उद्धाटन गर्नु हुंदै प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले यस क्षेत्रलाइ मर्यादित बनाउन युनियनले खेल्नु पर्ने भुमिका र बर्तमान अवस्थामा बदलियको राजनितिले ट्रेड युनियन अन्दोलनमा परेको असर र युनियनले खेल्नु पर्ने भुमिकाका बारेमा चर्चा गर्नु भएको थियो

जिफन्ट महासचिब लक्ष्मण शर्माको नेतृत्वमा गठन भएको अध्यक्ष मण्डलले संचालन गरेको बन्द शत्रमा पम्फा पहारी देकोटाले पेश गर्नु भएको बिधान संशोधन प्रस्ताब, सुजना जोशीले पेश गर्नु भएको संगठानिक प्रतिवेदन तथा अर्थिक प्रतिवेदन सर्वसम्मत पारीत गरेको छ ।
त्यसैगरी जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ प्रमुख रहनु भएको निर्वाचन मण्डलबाट निर्वाचित कमिटीलाइ उपाध्यक्ष श्रेष्ठले बधाइ तथा प्रमाण पत्र प्रदान गरेको थियो भने ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122174303054435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा २ दिने महिला क्षमता बिकास तालिम सम्पन्न गरेको छ ।

कार्तिक ११ र १२ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा संचालन भएको तालिम कार्यक्रममा काठमाण्डौ महानगर र किर्तिपुर नगर पालिकामा सफाइ क्षेत्रमा कार्यरत महिला श्रमिकहरू सहभागि रहनु भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा महिला क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

कार्तिक ९ र १० गते अनामनगरस्थित जिफन्ट स्कुलमा सञ्चालन भएको सो तालिममा संगठन निर्माण, विस्तार र परिचालन, नेतृत्व विकास तथा यसको महत्त्व, श्रम कानुन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, र सामूहिक सौदाबाजी विषयमा सहभागीहरूलाई तालिम दिएको थियो ।

सरसफाइ क्षेत्रमा कार्यरत महिला श्रमिकहरू सहभागी रहेको कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, श्रम सम्बन्ध परिषद् सदस्य अधिवक्ता भक्ति घिमिरे लगायतले तालिम दिनु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वातन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदूर यूनियन (नेस्वहोमयु) लगायत अन्टुफ आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदूर संघ र एनटियुसी आवद्ध नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघद्वारा कार्तिक १० गते संयुक्त बिज्ञप्ती मार्फत हायात रिजेन्सी होटल तत्काल मर्मत कार्य अगाडी बढाई श्रमिकहरुलाई काममा फर्काउन होटल व्यवस्थापन पक्षसंग माग गरेको छ ।
बिज्ञप्तीमा श्रमिकहरुका सम्वन्धमा कुनै पनि पक्षबाट हुने निर्णयहरु श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐन २०७४ मा भएको ब्यवस्थाका आधारमा हुनु पर्ने भन्दै विवादको समाधान होटल व्यवस्थापन र सम्वन्धित प्रतिष्ठानका श्रमिक प्रतिनिधि र ट्रेड यूनियनहरु बिचको सम्वादबाट समाधान खोज्न होटल व्यवस्थापन पक्षसंग माग गरेको छ ।