Home Affiliates Activities

राइडर्स युनियन नेपाल (रन) चितवन जिल्ला अलपत्र यात्रुलाइ पानी र बिस्कुट वितरण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) चितवन जिल्ला कमिटी उपाध्यक्ष आलोक कुमार श्रेष्ठको नेतृत्वमा अलपत्र परेका यात्रु तथा यातायात मजदुरहरूलाइ पानी र बिस्कुट वितरण गरेको युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले जानकारी दिनु भएको छ । 
 

नाबुन र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल बिच उपचार सहुलियत सम्झौता

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) कोशी प्रदेश कमिटी र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल बिच नाबुन सदस्यहरूलाइ उपचारमा विशेष सहुलियत उपलब्ध गराउने सन्दर्भमा असोज २ गते सम्झौता भएको छ।

नाबुन कोशी प्रदेश अध्यक्ष कला डांगी र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक डा. अनिशा विष्टले हस्ताक्षर गर्नु भएको सम्झौता अनुसार नाबुन सदस्यहरूले हस्पिटलमा उपचार गराउदा १५ प्रतिशतसम्म छुट पाउने भएका उल्लेख गरेको छ ।

नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, जिफन्ट कोशी प्रदेश सदस्य मदिरा भट्टराई लगायतका नेताहरूको उपस्थीतीमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नाबुन कोशी प्रदेश अध्यक्ष कला डांगी र हस्पिटलका कार्यकारी निर्देशक डा. अनिशा विष्टले संक्षिप्त भनाइ राख्नु भएको थियो ।


 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कलंकी ईकाईद्वारा ट्राफिक कार्यलयलार्इ ध्यानअकर्षण गरायो

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कलंकी ईकाई कमिटीले उपत्यका भित्र ग्यासबाट सन्चालन हुने माईक्रोबस र टेम्पोको समस्या समाधानकालागी भाद्र १५ गते ट्राफिक प्रहरी कार्यलय सिहदरबारमा ध्यानअकर्षण गराएको छ ।

संगठन ईकाई अध्यक्ष हर्क बहादुर राणाका अनुसार माईक्रोबस र टेम्पो चल्ने रूटमा ग्यास डिपो नभएको कारण रूट भन्दा बाहीर गइ ग्यास भर्न जांदा ट्राफिकले रूट परमिट नभएको भन्दै जरीवाना गर्ने गरेको बताउनु भएको छ 
 

क्युपेक नेपालद्वारा धनगढीमा योगदानमा आधारित सामाजिक सुरक्षा विषयक प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक नेपाल)द्वारा भाद्र १४ गते धनगढी जिल्लाको टिकापुरमा अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिककालागि योगदानमा आधारित सामाजिक सुरक्षा विषयक प्रशिक्षण सम्पन्न गरेको छ । 

टिकापुर नगर प्रमुख रामलाल डगौराले शुभारम्भ गर्नु भएको प्रशिक्षण कार्यक्रममा सामाजिक सुरक्षा कोषका खिम बहादुर कार्कीले प्रशिक्षण दिनु भएको थियो ।

क्युपेक उपाध्यक्ष योगेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्यूपेक नेपालको तर्फबाट श्रम डेक्स संचालन नमुना कार्यबिधी टिकापुर नगर प्रमुख रामलाल डगौरालाइ हस्तान्तरण समेत गरेको थियो ।

प्रशिक्षण कार्यक्रमको संचालन केन्द्रीय सदस्य मनिराम ढुङ्गानाले गर्नु भएको थियो भने स्वागत केन्द्रीय शिक्षा बिभाग सचिव टिकाराम श्रेष्ठले गर्नु भएको थियो  ।

एसइइ परिक्षामा उतिर्ण नेपाल यातायात स्वतन्त्र मजदुर संगठन छोरा छोरीलाई सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले भाद्र १४ गते २०८१ सालको एसइइ परिक्षामा सहभागी भै उतिर्ण संगठनका सदस्यका छोरा छोरी लाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्ब गृहमन्त्री माननीय खगराज अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता संगठन प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्रीले गर्नु भएको थियो । 

ओम्स नेपाल पाल्पा इकाइ कमिटीको अध्यक्षमा कृण्ण सापकोटा चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (ओम्स नेपाल) पाल्पा इकाइ कमिटीको भाद्र १४ गते सम्पन्न दोस्रो अधिवेशनले कृण्ण सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

ओम्स नेपाल केन्द्रीय अध्यक्ष सुर्य पराजुलीको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा सदस्य भुपराज भटराई, लुम्बिनी प्रदेस अध्यक्ष गंगा सागर पंन्थी लगायतका अतिथीहरूको उपस्थीती रहेको थियो ।